Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

फलफुल खेती विस्तारमा नगरपालिकाको ध्यान

  • ७ वर्ष अगाडि

बागलुङ, पुस १० । मध्यपहाडी क्षेत्रमापर्ने बागलुङ नगरलाई फलफुल उत्पादनको पकेट क्षेत्र बनाउँने अभियान थालिएको छ । फलफुल खेतीका लागि उपयुक्त वातावरण र बजारको अवस्था राम्रो भएकाले बागलुङ नगरपालिकाले व्यवसायीक फलफुल खेतीलाई विस्तार गर्दै फलफुलको पकेट क्षेत्र बनाउँने अभियान सुरु गरेको हो ।
नगरपालिकाले बागलुङ नगरपालिकाका १४ वटै वडाहरुमा व्यवसायीक रुपमा फलफुल खेतीको विस्तारका लागि बजेटको व्यवस्था गरी अगाडि बढेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाका वडा नं. एक, दुई, तीन र चारका केही भाग बागलुङ बजार क्षेत्रले आगटेका कारण कृषियोग्य जमिन नभएपनि अन्य वडाहरुमा व्यवसायीक फलफुल खेतीका लागि अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बागलुङ नगरका धेरै ठाउँमा फलफुल उत्पादनका लागि उपयुक्त जमिन भएको पाइएकाले फलफुल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रसाशकीय अधिकृत भिमबहादुर कुँवरले बताउनुभयो । नगरका तल्लो भेगमा पर्ने मेवा, लिची, मध्य भागमा सुन्तला, जुनार तथा उच्च भागमा किवी लगायतका खेती राम्रो भइरहेकाले उनीहरुलाई प्रोत्साहन गर्नक लागि कार्यक्रम ल्याइएको कुँवरले बताउनुभयो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाले दस लाख रुपियाँ बजेट विनियोजन गरेर कार्यक्रम अगाडि बढाइएको छ । ‘हामीले नगरलाई कसरी आत्मनिर्भर बनाउँने भन्ने सोंच अनुसार उत्पादन बढाउँने गरी काम सुरु गरेका छौं, यसले सरकारले ल्याएको आर्थिक समृद्धिको अभियानलाई थप मद्धत पु¥याउँनेछ ।’ कुँवरले भन्नुभयो ।
बागबानी विकास कार्यक्रमअन्र्तगत सुन्तला, कागती, आँप, लिची र मेवाका बिरुवा ५० प्रतिशत अनुदानमा उपलव्ध गराउनका लागि थप आठ लाख रुपैयाँ बजेट छ । कार्यक्रममा किसानलाई सहभागी बनाउनका लागि नगरपालिकाको आर्थिक विकास समितिले योजना बनाउने छ । समितिले बनाएको योजनाका आधारमा समूह वा व्यक्तिलाई अनुदान उपलव्ध गराउने भन्ने बिषयमा निर्णय गरिने नगरपालिकाले जनाएको छ । फलफुल खेतीका लागि आवश्यक जैविक मलको लागि समेत नगरपालिकाले सघाउने योजना बनाएको छ । जैविक मलको उत्पादन, सिप विकास र प्रबद्र्वनका लागि छ लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । कृषि तथा बागबानी विकास कार्यक्रममा ५५ लाख ५० हजार रुपैयाँ खर्च गर्न थालेको नगरपालिकाले झण्डै २४ लाख रुपैयाँ फलफुल खेतीमा खर्चने छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

म्याग्दीमा चालु आर्थिक वर्षमा संघीय बजेट ९३ र प्रदेशको बजेट ७५ प्रतिशत खर्च

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com