Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

फलफुल खेती विस्तारमा नगरपालिकाको ध्यान

  • ४ वर्ष अगाडि

बागलुङ, पुस १० । मध्यपहाडी क्षेत्रमापर्ने बागलुङ नगरलाई फलफुल उत्पादनको पकेट क्षेत्र बनाउँने अभियान थालिएको छ । फलफुल खेतीका लागि उपयुक्त वातावरण र बजारको अवस्था राम्रो भएकाले बागलुङ नगरपालिकाले व्यवसायीक फलफुल खेतीलाई विस्तार गर्दै फलफुलको पकेट क्षेत्र बनाउँने अभियान सुरु गरेको हो ।
नगरपालिकाले बागलुङ नगरपालिकाका १४ वटै वडाहरुमा व्यवसायीक रुपमा फलफुल खेतीको विस्तारका लागि बजेटको व्यवस्था गरी अगाडि बढेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाका वडा नं. एक, दुई, तीन र चारका केही भाग बागलुङ बजार क्षेत्रले आगटेका कारण कृषियोग्य जमिन नभएपनि अन्य वडाहरुमा व्यवसायीक फलफुल खेतीका लागि अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बागलुङ नगरका धेरै ठाउँमा फलफुल उत्पादनका लागि उपयुक्त जमिन भएको पाइएकाले फलफुल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रसाशकीय अधिकृत भिमबहादुर कुँवरले बताउनुभयो । नगरका तल्लो भेगमा पर्ने मेवा, लिची, मध्य भागमा सुन्तला, जुनार तथा उच्च भागमा किवी लगायतका खेती राम्रो भइरहेकाले उनीहरुलाई प्रोत्साहन गर्नक लागि कार्यक्रम ल्याइएको कुँवरले बताउनुभयो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाले दस लाख रुपियाँ बजेट विनियोजन गरेर कार्यक्रम अगाडि बढाइएको छ । ‘हामीले नगरलाई कसरी आत्मनिर्भर बनाउँने भन्ने सोंच अनुसार उत्पादन बढाउँने गरी काम सुरु गरेका छौं, यसले सरकारले ल्याएको आर्थिक समृद्धिको अभियानलाई थप मद्धत पु¥याउँनेछ ।’ कुँवरले भन्नुभयो ।
बागबानी विकास कार्यक्रमअन्र्तगत सुन्तला, कागती, आँप, लिची र मेवाका बिरुवा ५० प्रतिशत अनुदानमा उपलव्ध गराउनका लागि थप आठ लाख रुपैयाँ बजेट छ । कार्यक्रममा किसानलाई सहभागी बनाउनका लागि नगरपालिकाको आर्थिक विकास समितिले योजना बनाउने छ । समितिले बनाएको योजनाका आधारमा समूह वा व्यक्तिलाई अनुदान उपलव्ध गराउने भन्ने बिषयमा निर्णय गरिने नगरपालिकाले जनाएको छ । फलफुल खेतीका लागि आवश्यक जैविक मलको लागि समेत नगरपालिकाले सघाउने योजना बनाएको छ । जैविक मलको उत्पादन, सिप विकास र प्रबद्र्वनका लागि छ लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । कृषि तथा बागबानी विकास कार्यक्रममा ५५ लाख ५० हजार रुपैयाँ खर्च गर्न थालेको नगरपालिकाले झण्डै २४ लाख रुपैयाँ फलफुल खेतीमा खर्चने छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

दूधको मूल्य बढाउन माग

बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

दुई रेष्टुराँलाई नगद जरिवाना

साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

ताजा समाचार

एशियन हाइड्रोपावरको आइपिओ आउँदै
एशियन हाइड्रोपावरको आइपिओ आउँदै
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
दूधको मूल्य बढाउन  माग
दूधको मूल्य बढाउन माग
पोखराका व्यस्त सडकमा  ‘पार्किङ ’ गर्न रोक
पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

ट्रेन्डिङ

जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki