Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पोखरामा नेपाल साहित्यिक महोत्सवको रौनक

  • ८ वर्ष अगाडि

पोखरा, ९ पुस (रासस) ः पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सवअन्र्तगत आज  विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो । 

महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । लेखकका पुस्तक किन्ने र उनीहरुसँग ‘अटोग्राफ’ लिँदै लेखक तथा पाठकबीचको भलाकुसारी र कार्यक्रमस्थल बाराही चोकमा दिनै भरी देखिएको थियो । महोत्सव अन्तर्गत आजको छलफलको पहिलो विषय थियो, ‘अँध्यारो उज्यालो’  । यो संवाद कार्यक्रममा वरिष्ठ पत्रकार विजयकुमार पाण्डे र रवि लामिछानेबीच भएको अन्तरक्रिया कार्यक्रममा दर्शकको बढी भीड र रुचि देखिएको थियो ।

अन्तक्र्रियामा पत्रकारद्वयले पत्रकारिता, साहित्य, सङ्गीत, बेथिति एवं जीवन र जगतका विविध पक्षबारे रोचक संवाद गरेका थिए । साथै वर्तमान राजनीतिक वेथिति र कतिपय नेतृत्व वर्गको गैरजिम्मेवारीपनको समेत उहाँहरुले आलोचना गर्नुभएको थियो ।

महोत्सवमा दीपक सापकोटाले युवराज घिमिरे, ब्रजेश र अर्चना थापासँग ‘संस्मरण विस्मरण’ का बारेमा अन्तरसंवाद कार्यक्रममा चलाउनुभयो । उहाँले कतिपय अवस्थामा आत्मकथाले वास्तविकता एवं यथार्थलाई ढाकछोप गरी आफूलाई उच्च देखाउने गरेको विषयमा व्यंग्य गर्नुभएको थियो ।

उहाँहरुले नेपालमा आत्मकथा लेखनको शैली एवं आफ्नो जीवनका स्मृति र विस्मृतिलाई उजिल्याउँदै पछिल्लो समय बढ्दै गएको आत्मकथा लेखनको अवस्था र त्यसले पठनशैली बढाएको विषयमा पनि चर्चा गर्नुभयो ।

सोही अवसरमा मुक्तक मञ्च पोखरासँग आबद्ध १५ मुक्तककारले प्रेम, विछोड, राजनीतिक एवं समसामयिक विषयमा मुक्तक प्रस्तुत गर्नुभएको थियो । नेपालमा कला, साहित्यले नै प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको र यसबाट विकास निर्माणमा सरकारलाई घचघच्याउन सफल भएको महोत्सवको तेस्रोे संवाद ‘प्रतिरोध’ का सहभागिले जोड दिनुभयो ।

वसन्त बस्नेतले वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद गर्नुभएको थियो । सो अवसरमा कलाका विविध पक्षबारे पनि छलफल गरिएको थियो । उक्त अवसरमा ‘द राइटिङ जर्नी’ शीर्षकमा प्रतिभा तुलाधरले प्रज्वल पराजुली, रवि थापा र प्रणय राणासँग अन्तरसंवाद गर्नुभएको थियो । उहाँहरुले लेखनशैलीका सम्बन्धमा चर्चापरिचर्चा गर्नुभएको थियो ।

पुस्तकले कसरी प्रजातान्त्रिकरणमा सहयोग पु¥याउछ र बजारीकरणसँगको सम्बन्ध के हुन्छ भन्ने बारेमा मानुषी यमी भट्टराईले सञ्चालन गर्नुभएको संवाद कार्यक्रममा हरि शर्मा र सिके लाल जुट्नुभएको थियो । ‘जर्नालिज्म अण्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गर्नुभएको थियो । पत्रकारिताको जोखिमका विषयमा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्दै उहाँहरुले विश्व परिदृश्यमा पत्रकारिताको वर्तमान अवस्थाबारे चर्चा गर्नुभएको थियो ।

सोही समयमा ‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुबिन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग सरिता पुरीले संवाद चलाउनुभएको थियो । उक्त अवसरमा बेस्टसेलर लेखनका पछाडि रहेका संघर्ष, परिश्रमका विविध पक्षमाथि पनि विचारविमर्श गरिएको थियो । महोत्सवअन्तर्गत ‘फुलको आँखा’ विषयमा पत्रकार दिलभुषण पाठकले गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गर्नुभएको थियो । पाठकले आनीसँग जीवन र जगतलाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गर्नुका साथै सकारात्मकताबाट नै जीवन जित्न सकिनेमा उहाँको जोड थियो .

आजको अन्तिम संवाद कार्यक्रममा ‘बितेका कुरा’ शीर्षकमा दीप श्रेष्ठ र वसन्त थापाबीच अन्तरसंवाद भएको ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको अन्तिम दिन भोली नारायणकाजी श्रेष्ठ, गगन थापा, रवीन्द्र मिश्र, प्रदीप गिरी, खगेन्द्र सङ्ग्रौला लगायतका विभिन्न पार्टीका नेता एवं लेखक र साहित्यकारबीच संवाद हुने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पुस्तक समीक्षा : राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग

मुटुरोग उपचारको इतिहास र आधिकारिक दस्तावेज

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

‘सङ्कलित गद्यरचना’: भाषिका चमत्कार र इतिहासको दस्तावेज

दृश्य र अदृश्य कुराहरु

‘एक बागी’माथि विमर्श

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com