Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘एक बागी’माथि विमर्श

  • ३ वर्ष अगाडि

गण्डकी, २४ माघ। उज्ज्वल प्रसाईँको कृति ‘एक बागी’को विषय र पात्र हुनुहुन्छ, लेखक खगेन्द्र सङ्ग्रौला । “सङ्ग्रौलाले आफूलाई हेर्ने ऐना हो– एक बागी”, उहाँ भन्नुहुन्छ, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।”

सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा सङ्ग्रौलाले लेखक प्रसाईँले आफ्नो भण्डारफोर गरेको बताउनुभयो । “जब तपाईँलाई अर्काको आँखाले हेर्छ, तपाईँले नदेखेका, लुकाउन खोजेका कुराको उसले छिद्र खोल्छ”, सङ्ग्रौलाले भन्नुभयो, “उज्ज्वले पनि खगेन्द्र भन्ने पात्रको भण्डाफोर गरेको हो ।”

भण्डाफोर कम्युनिष्टको भाषा भए पनि आजकालकाले बिर्सेको भन्दै उहाँले कटाक्ष गर्नुभयो । “पहिले कम्युनिष्टहरूले दुष्ट, पापी, अत्याचारी, देशी–विदेशी प्रतिक्रियावादीको भण्डाफोर गर्थे, अहिले उनीहरु आफैँ भण्डाफोरित भइसके”, सङ्ग्रौलाले भन्नुभयो ।

सतहत्तर वर्षीय उनले जीवनको एक भाग अरुका लागि बाँच्ने प्रयास गरेको सुनाउनुभयो । “जिन्दगी दुई किसिमले बाँचिन्छ, आफ्ना लागि र अरुका लागि”, उहाँले भन्नुभयो, “मैले जीवनको एक खण्ड समाजलाई अर्पण गरेँ, उत्पीडिनमा परेकाहरूको न्याय र अधिकारका पक्षमा बोल्ने प्रयास गरेँ ।”

आफ्नै जीवनवृत्त समेटिएको पुस्तक ‘एक बागी’ पढेपछि जीवन दुर्गुण, असङ्गति र अन्तरविरोधले भरिपूर्ण रहेको पाएको उहाँले उल्लेख गरेँ । सङ्ग्रौलाले आफ्नो निन्दा र प्रशंसामा नभई वस्तुनिष्ठ र गम्भीर अनुसन्धान गरेर पुस्तक लेखिएको बताउनुभयो ।

थोरै छापिएका, कमैले पढेका, कतिले बिर्सिसकेका आफ्ना पुराना कृतिलाई पनि लेखक प्रसाईँले स्मरण गराएको उहाँले उल्लेख गर्नुभयो । सङ्ग्रौलाका पुराना रचनाको सन्दर्भ, विषयवस्तु र समयबोधलाई लेखक प्रसाईँले पुस्तकमा सन्दर्भित गर्नुभएको छ ।

लेखक प्रसाईँले ‘एक बागी’ खगेन्द्र सङ्ग्रौलालाई विषय बनाएर लेखिएको जीवनीपरक पुस्तक रहेको बताउनुभयो । “पुस्तकमा सात दशकको नेपाली समाजको एकसरो कथा भन्न खोजिएको छ”, उहाँले भन्नुभयो, “यसले राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको नेपाली समाज र राजनीतिबारे बुझ्न सघाउँछ ।”

लेखक प्रसाईँले पाँच–छ वर्षको खोज र अध्ययनपछि ‘एक बागी’ लेखेको सुनाउनुभयो । “यो खगेन्द्र सङ्ग्रौलाको जीवनी हो, उहाँ कुनै ठूलो र असाधारण मान्छे भएर जीवनी लेखेको होइन, उहाँ आममान्छे हो, साधारण लेखक हो”, उहाँले भन्नुभयो, “खगेन्द्र सङ्ग्रौलाले बाँचेको जीवन र समयका कथाहरू पुस्तकमा छन् ।”

विर्मशमा लेखकद्वयले पाठकसँग संवाद पनि गरे । पुस्तकको रचनागर्भदेखि लेखक खगेन्द्र सङ्ग्रौलाको साधना र सङ्घर्षबारे पाठकले जिज्ञासा राखेका थिए । सङ्ग्रौलाले सामाजिक न्याय र समानताका लागि आफू सधैँ ‘बागी’ विचार र चिन्तन लिएर हिँडिरहेको बताउनुभयो ।

नयाँ विश्व अनलाइनद्वारा आयोजित सो कार्यक्रममा पुस्तक हस्ताक्षरलाई समेत जोडिएको थियो । पाठकले लेखकको हस्ताक्षरसहित पुस्तक लिएका थिए । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले लेखक–पाठकबीच अन्तरसंवादसमेत भएको बताउनुभयो । ‘एक बागी’ बेला पब्लिकेशनबाट केही महिनाअघि प्रकाशित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पुस्तक समीक्षा : राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग

मुटुरोग उपचारको इतिहास र आधिकारिक दस्तावेज

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

‘सङ्कलित गद्यरचना’: भाषिका चमत्कार र इतिहासको दस्तावेज

दृश्य र अदृश्य कुराहरु

‘एक बागी’माथि विमर्श

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com