Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गाउँगाउँमा इन्टरनेट पुर्याउन डिशहोमकाे तयारी

  • ८ वर्ष अगाडि

काठमाडौं । डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होम प्रालिले स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्ने गृहकार्य थालेको छ । गाउँगाउँमा टेलिभिजन सेवा पुर्याएर सफलता कमाएको डिश होमले दुर्गम ठाउँमा पनि स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउन लागेको हो । ‘डिश होम सञ्चालन गरेको ९ वर्ष भयो, अहिलेसम्म हामी लगानीकर्ताले एक रुपैयाँ पनि लाभांस लिएका छैनौं, तर, गाउँगाउँमा डिश होमको छाता देख्दा त्यही नै डेभिडेन्ड हो जस्तो लाग्छ,’ डिश होमका अध्यक्ष हेमराज ढकालले भने, ‘व्यवसायलाई विस्तार गर्ने क्रममा अब हामी स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेट सेवा पुर्याउन गृहकार्य थालेका छौं ।’ 
सिंहदरबारको अधिकार स्थानीय तहमार्फत् गाउँगाउँसम्म पुगेसँगै सिंहदरबारको सुविधा पनि गाउँगाउँसम्म पुर्याउन आफूहरु लागि परेको उनले बताए । ‘स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउने विषयमा केही अध्ययनहरु गर्यौं, लागत अलि महंगो देखियो त्यसैले सस्तो लागतमै कसरी सेवा दिन सकिन्छ भनेर फेरि अर्को अध्ययन गरिरहेका छौं,’ अध्यक्ष ढकालले  भने । ढकालका अनुसार अहिले पनि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । तर, त्यसको लागत अहिले अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लिने शुल्कभन्दा दोब्बर बढी महंगो देखियो । त्यसैले सस्तो मूल्यमा कसरी सेवा दिन सकिन्छ भनेर अध्ययन भइरहेको उनले जानकारी दिए ।

डिश होमका प्रवन्ध निर्देशक सुदिप आचार्यका अनुसार स्याटालाइटबाट उपलब्ध गराउने सेवा खोला जस्तो एकनासले बग्ने भएकाले त्यो खपत भएन भने कम्पनीलाई नोक्सान हुन्छ । जसकारण पनि सेवा महंगो पर्न गएको हो । तर, गाउँगाउँमा ५०÷६० घर बनाएर एक प्वाइन्टमार्फत् त्यहाँ सेवा दिने मोडालिटिमा काम अघि बढाइएको छ । ‘यसै मोटालिटीमा सेवा दिनका लागि आगामी महिना विदेशी कम्पनी आएर विस्तृत अध्ययन गर्नेछन्,’ आचार्यले भने । अध्यक्ष ढकाल र प्रबन्ध निर्देशक आचार्यका अनुसार आगामी ३ महिनाभित्रै कुनै दुर्गम गाउँमा पाइलट प्रोजेक्टको रुपमा परिक्षण गरिने छ । ‘परिक्षण सफल भएपछि सेवा विस्तार गर्न लागिने छ,’ ढकाल र आचार्यले भने ।

सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारी नीति अनुसार करिब ६ सय स्थानीय तहमा बैंक पुगिसकेका छन् । त्यसैगरी, सरकारले प्रत्येक स्थानीय तहमा श्रम एजेन्ट स्थापना गर्ने उद्देश्य राखेको छ । र, स्थानीय सरकारलाई पनि इन्टरनेट आवश्यक पर्छ । यीनै कुरालाई मध्यनजर गर्दै र गाउँगाउँका जनतालाई इन्टरनेटको पहुँचभित्र ल्याउनका लागि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो । शहरी इलाकामा भने सिम टीभीका माध्यमबाट तारमार्फत् इन्टेरनेट सेवा दिने काम शुरु गरिसकिएको प्रवन्ध निर्देशक आचार्यले जानकारी दिए । साभार: बिजमाण्डु

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

विश्वभर फेसबुकमा देखियो समस्या

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com