Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

  • ४ वर्ष अगाडि

काठमाडौँ, ९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उहाँले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो । “वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भइसकेको चर्चा गर्दै उहाँले बताउनुभयोे, “अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।”
विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री दाहालले विद्यमान ऐन कानुनको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उक्त केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर हुनेगरी नेपालको निर्माण गर्न सकिने अनुभव सुनाउँदै प्रमुख पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयोे । छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०का विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

विश्वभर फेसबुकमा देखियो समस्या

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com