Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

  • ७ वर्ष अगाडि

काठमाडौँ, २९ पुस । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ ।

स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो । नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा सो आयोजनाको शेयर सङ्ख्या ठूलो रहेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको हाल ९७ प्रतिशत भौतिक निर्माण सकिएको छ । आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

सेन्ट्रल फाइनान्स र ओम डेभलपमेन्टले लाभांश दिने

सेन्ट्रल फाइनान्सले आफ्ना शेयरधनीलाई सात प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट हालको चुक्ता पू्ँजीको सात प्रतिशतले हुने रु पाँच करोड ७६ लाख ३७ हजार ८५० लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको सधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

यसैगरी ओम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव ७० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४÷७५ को नाफाबाट उक्त प्रस्ताव गरिएको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभाबाट उक्त प्रस्ताव पारित गरि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

मूल्य समायोजन

त्यस्तै स्टकमा आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले आठ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेलगत्तै प्रतिकित्ता रु ९१२ मा मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको औसत शेयर मूल्य रु ९९४ रहेको छ ।
स्टकले साहारा विकास बैंकको धितोपत्र सूचीकरण फुकुवा गरेको छ । धितोपत्र बजारको मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्ने कानूनी प्रावधानअनुसार सो सङ्गठित संस्थाले कार्य गरेको नदेखिएकाले स्टकले केही दिन पहिले स्पष्टीकरण माग गरेको थियो । स्टकले कानूनमा रहेका व्यवस्था तोकिए बमोजिम गर्न र त्यस्ता गल्ती नदोहो¥याउन सचेत गराउँदै धितोपत्र सूचीकरण फुकुवा गरेको स्टकका सूचीकरण शाखाका कायममुकायम सहायक प्रबन्धक सुवोध ढुङ्गेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com