Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

माघीमा पाहुनाले भरियो डल्ला होमस्टे

  • मेनका चौधरी
  • ७ वर्ष अगाडि

बर्दिया, ३० पुस । माघीका अवसरमा विश्वसामु परिचित डल्ला होमस्टे (घरबास) भरिएका छ । बेलायतका राजकुमार हयारी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लिवाहुवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत थुप्रै पाहुना सो घरबासमा आइसकेका छन् ।
डल्ला होमस्टे बर्दिया निकुञ्जसँग जोडिएको खाता जैविक मार्गमै छ जहाँ एकसिँगे गँैडा, पाटेबाघ, हात्ती र डोल्फिन एशियाकै ठूलो गजराज हात्ती( ११ फिट ८एन्ची अग्लो), गोही, जरायो, विश्वको दुर्लभ कृष्णसार, ताराताल र बढैयातालका तीन सय प्रकारका माछ, रातो कमल फुल्ने सत्खलुवा ताल अवलोकन गर्न पाइन्छ । पछिल्लो समय राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक ओप्रेन्द्र शर्मा, अन्य पत्रकार एवं कर्मचारीको टोलीले समेत डल्ला घरबासमा पाहुना बनी पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ ।

माघीका अवसरमा दैनिक हजारौँ आन्तरिक पर्यटक यहाँ आउँछन् । वनभोज खाने आउनेको भीड पनि त्यत्तिकै छ । वन्यजन्तु, थारुहरुको पहिरन, गरगहना, गीत र नृत्य, थारुको जैविक खाना, घरबेटीको मीठो मुस्कानसहित आतिथ्य र सत्कार यहाँको विशेषता हो । घरबासमा माछा, स्थानीय कुखुरा, घोँगी, गँगटा, सुतही, अनदीको रोटी र रक्सी, बयरको अचार, परेवाको मासुलगायत थरिथरिका खाना पाहुनालाई खुवाइन्छ । डल्ला संरक्षित भएपछि निकुञ्जबाट निस्किएका वन्यजन्तु पनि सुरक्षित भररहेको नेकपाका नेता सुरेश पन्थले बताउनुभयो ।

गाउँ प्रवेश गर्नासाथ सडक र वरिपरि फोहोर देखिँदैन । यहाँ दिनहुँँ सरससफाइ चल्छ । घरबासमा बस्ने पाहुनाका लागि थारु समुदायले हुरदुगुवा नाच, लाठी , पैया नाच, मघौता नाच, बर्कीमारा नाचलगायत सास्ँकृतिक कार्यक्रम प्रस्तुत गरिन्छ ।
निकुञ्जको आसपास मधुवन नगरपालिकाको वडा नम्बर १ मा रहेको रमणीय गाउँका युवाहरुले खाता जैविक मार्गमा रहेको सो गाउँको संरक्षण गरेको तर प्रचारप्रसार अभावमा ओझेलमा परेको नगरपालिकाका प्रमुख गणेश केसीले बताउनुभयो ।

नेता पन्थले निकै सस्तो रकममा बास र पर्यटकलाई घुमाउनका लागि गाडीको व्यवस्था रहेको जानकारी दिनुभयो । निकुञ्जका बाघ, चित्तल, जङ्गली हात्ती, गैँडालगायत ३०० प्रकारका जनावरले त्यहाँको बाली खाएर सखाप पारेको गुनासो पनि उहाँले गर्नुभयो । अहिले वन्यजन्तु चोरी शिकार नियन्त्रण गर्न युवाको दस्ताले रातदिन गस्ती गरिरहेको छ । यहाँका संरक्षणकर्मीको सक्रियतामा निकुञ्जको समेत संरक्षणमा थप टेवा पुगेको पन्थले बताउनुभयो ।

घरबासका रुपमा गाउँभरिका प्रायः घर छन् । डल्ला घरबास सञ्चालन समितिका अध्यक्ष तथा १ नं का वडाध्यक्ष परशुराम योगी थारुले अचेल होमस्टे भरिभराउ रहेको बताउनुभयो । माघीमा ठाकुरबाबा मन्दिरको दर्शन गर्न नेपालको पूर्वदेखि पश्चिमसम्मका थारु आउने र बास बस्ने गर्छन् । डल्ला क्षेत्रलाई पर्यटकीय केन्द्रका रुपमा विकसित गर्न नगर मधुवन नगर परिषद्ले चालु आवमा रु दुई लाख बजेट छुट्याएको छ । डल्ला क्षेत्रको विकासका लागि सडक स्तरोन्नति, सौर्यबत्ती, टेलिफोन टावर, इण्टरनेटको आवश्यकता रहेको अध्यक्ष योगीले बताउनुभयो । विश्वमा परिचित डल्लामा देशविदेशका पर्यटक आकर्षण गर्नका लागि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको मधुवन नगरपालिकाका उपप्रमुख शुभरानी थारुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com