Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ब्रेक्जिट सम्झौताका बारेमा चर्को बहस, बेलायती संसदमा मङ्गलबार मतदान

  • ७ वर्ष अगाडि

लन्डन, १ माघ । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी सम्झौता (ब्रेक्जिट) का बारेमा बेलायती संसदमा सोमबार अबेरसम्म चर्को बहस भएको छ । सांसदहरु ब्रेक्जिटका बारेमा पक्ष र विपक्षमा बाँडिएका छन् ।

सत्तारुढ दल र विपक्षी दलभित्रै पनि ब्रेक्जिटको समर्थन र विरोधमा छलफल भइरहेका छन् । संसदमा मङ्गलबारका दिन मतदान गर्नेगरी समयसीमा तोकिएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियनसँग भएको सम्झौतालाई संसदबाट अनुमोदन गराउनु पर्नेछ ।

हाउस अफ कमन्समा जारी ब्रेक्जिट बहसमा सङ्घर्षरत पक्षहरु निम्न छन्ः

सरकारः
सरकारी तलबभत्ता बुझ्नेहरु सबैले सरकारी नीतिको समर्थन गर्नु पर्दछ वा राजीनामा दिनु पर्दछ । सहायक मन्त्री ग्यारेथ जोन्सनले सोमबार राजीनामा दिएका छन् तर अन्तिम समयमा धेरै मन्त्रीको राजीनामा आउने सम्भावना छैन । ब्रेक्जिटको पक्षमा खुलेरै लागेका मन्त्रिपरिषदका सदस्यहरु जस्तै माइकल गोभ र लियाम फक्सले समर्थनमा मतदान गर्नेछन् ।

प्रधानमन्त्रीको पक्षमा अभियान चलाउनेहरुः
केही कन्जरभेटिभ सदस्यहरुले सरकारको पक्षमा बहस चलाइरहेका छन् र उनीहरुले ब्रेक्जिट सम्झौता ठीक हो भनिरहेका छन् । तर उनीहरुको संख्या कम छ ।

कन्जरभेटिभ सांसदहरुः
निर्णायक समय आइपुग्नै लाग्दा केही सांसदले आफ्नो धारणामा परिवर्तन ल्याएका छन् । प्रधानमन्त्री थेरेसा मेका पूर्व नीति प्रमुख जर्ज फ्रीम्यान यही समूहभित्र आबद्ध भएका छन् । केही सांसदहरु भने नराम्रै भए पनि ब्रेक्जिट ठीकै छ भन्नेहरु पनि छन् ।

ब्रेक्जिटका विपक्षीहरुः
ज्याकोब रीज–मगको नेतृत्वमा रहेको एक समूहले ब्रेक्जिटबाट बेलायतलाई फाइदा नपुग्ने बनाइरहेका छन् । यो समूहमा पूर्व विदेश मन्त्री बोरिस जोन्सन, पूर्व ब्रेक्जिट सचिव डेभिड ड्याभिस र डोमिनिक र्याब समेत रहेका छन् । उनीहरुको भनाईमा ब्रेक्जिटबाट बेलायत स्वतन्त्र होइन अझ बढी पराधीन हुने खतरा छ ।

रीज–मोगको युरोपेली अनुसन्धान समूहले गत डिसेम्बरमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । तर उक्त प्रस्ताव पारित भएन ।

लेबर पार्टीको असन्तुष्टी
लेबर पार्टीका अधिकांश सांसदहरु युरोपेली पक्षधर छन् र उनीहरु पार्टीकै पक्षमा उभिएका छन् । पार्टी नेता जेरेमी कोर्बाइन उक्त सम्झौता हुन नदिने पक्षमा दृढ हुनुहुन्छ । उहाँ ब्रेक्जिट सम्झौता असफल पारेलगत्तै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा हुनुहुन्छ ।

ब्रेक्जिट प्रस्ताब पारित नभए दोस्रो ब्रेक्जिट जनमतसङ्ग्रह गर्ने प्रस्ताव ल्याइने पार्टीको तयारी छ ।

अरु बिपक्षीहरुः
स्कटल्यान्डका ३५ जना राष्ट्रवादीहरु, ११ जना युरोपेली पक्षधर लिबरल डेमोक्र्याट, चार जना वेल्सका राष्ट्रवादीहरु तथा ग्रीन पार्टीका एक जना सांसद युरोपेली पक्षधर छन् र उनीहरु कन्जरभेटिभ विरोधी पनि हुन् ।

डेमोक्रेटिक युनियनिस्ट पार्टी (डियुपी) का १० जना सांसदले के गर्ने हुन् भन्ने प्रस्ट छैन । संसदमा बहुमतका लागि डियुपीको महत्वपूर्ण भूमिका हुनेछ । उनीहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिएका छन् । आइरिस सीमाका विषयमा उनीहरुको माग सम्बोधन गर्ने सरकारी आश्वासन भएपनि उनीहरु अझै निर्णयमा पुग्न सकेका छैनन् ।

प्रधानमन्त्री थेरेसा मेले गत साता लेबर पार्टीका सांसदसँग भेटेर व्यवहारिक निर्णयमा पुग्न आग्रह गर्नुभएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com