Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भारत–अस्ट्रेलिया क्रिकेटः अस्ट्रेलियाद्वारा भारतसमक्ष जितका लागि २९० रनको चुनौती

  • ८ वर्ष अगाडि

एडिलेड, १ माघ । भारत र अस्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८९ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि सन मार्सले १३१ रन तथा ग्लेन म्याक्सवेलले ४८ रन बनाएका थिए ।

तीन खेलको यस शृङ्खलामा अस्ट्रेलिया एक खेल जितेर अगाडि छ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतलाई पहिलो खेलमा अस्ट्रेलियाले ३४ रनले पराजित गरेको थियो ।

अस्ट्रेलियाली टिमका कप्तान आरोन फिन्चले एडिलेडको पिच ब्याटिङका लागि उपयुक्त रहेको देखिएकाले पहिले ब्याटिङ रोजेको बताउनुभयो । भारतीय कप्तान कोहलीले पनि टस जितेको भए पहिले ब्याटिङ रोज्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको पिच ब्याटिङका लागि ज्यादै राम्रो छ । तर, आज निकै गर्मी भएकाले खेल्न कठिन हुनेछ ।”

अस्ट्रेलियाली टिममा परिवर्तन गरिएको छैन, तर भारतीय टिममा एक खेलाडी परिवर्तन गरिएको छ । तिब्र गतिका बलर खलिल अहमदको सट्टामा मोहम्मद सिराजलाई टिममा समावेश गरिएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com