Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भारत–अस्ट्रेलिया क्रिकेटः अस्ट्रेलियाद्वारा भारतसमक्ष जितका लागि २९० रनको चुनौती

  • ५ वर्ष अगाडि

एडिलेड, १ माघ । भारत र अस्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८९ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि सन मार्सले १३१ रन तथा ग्लेन म्याक्सवेलले ४८ रन बनाएका थिए ।

तीन खेलको यस शृङ्खलामा अस्ट्रेलिया एक खेल जितेर अगाडि छ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतलाई पहिलो खेलमा अस्ट्रेलियाले ३४ रनले पराजित गरेको थियो ।

अस्ट्रेलियाली टिमका कप्तान आरोन फिन्चले एडिलेडको पिच ब्याटिङका लागि उपयुक्त रहेको देखिएकाले पहिले ब्याटिङ रोजेको बताउनुभयो । भारतीय कप्तान कोहलीले पनि टस जितेको भए पहिले ब्याटिङ रोज्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको पिच ब्याटिङका लागि ज्यादै राम्रो छ । तर, आज निकै गर्मी भएकाले खेल्न कठिन हुनेछ ।”

अस्ट्रेलियाली टिममा परिवर्तन गरिएको छैन, तर भारतीय टिममा एक खेलाडी परिवर्तन गरिएको छ । तिब्र गतिका बलर खलिल अहमदको सट्टामा मोहम्मद सिराजलाई टिममा समावेश गरिएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सुरक्षा कारबाहीका छ जना आईएस लडाकु मारिए

जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

खानी भत्किँदा चीनमा चार जनाको मृत्यु, ४९ बेपत्ता, उद्धारकार्य जारी

माली विस्फोटन ः नेपाली सैनिक सुरक्षित

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com