Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

१३३ साना, मझौला तथा ठूलो उद्योगलाई ‘एक्जीम कोर्ड’

  • ८ वर्ष अगाडि

काठमाडौँ, २ फागुन । उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूलो उद्योगलाई आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) प्रदान गरेको छ ।

विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान आयात तथा रु पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्थाअनुसार चालू आवमा १३३ उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गरिएको हो ।

उद्योग विभागले एक्जीम कोर्ड लिनका लागि आवश्यक कागजात र मापदण्ड पूरा गरेका उद्योगलाई भन्सार विभागमा सिफारिस गर्दै आएको छ । गत आवमा घरेलु तथा साना उद्योग विभागले ‘एक्जीम कोर्ड’ लिनका लागि भन्सार विभागमा सिफारिस गर्ने भए पनि चालू आवबाट उक्त विभाग उद्योग विभागमा गाभिएपछि उद्योग विभागले ‘एक्जीम कोर्ड’का लागि भन्सार विभागलाई सिफारिस गर्दै आएको छ ।

विभागका सूचना अधिकारी जीवनराज सेढाईं सरकारले अनिवार्य रुपमा एक्जीम कोर्ड लिई आयात निर्यातको काम गर्नुपर्ने व्यवस्था गरेकाले ‘एक्जीम कोर्ड’ लिनेको सङ्ख्यामा वृद्धि भएको बताउनुहुन्छ । “कोर्ड नलिइकन आयात निर्यातको काम गर्न मिल्दैन”, उहाँले भन्नुभयो । एक्जीम कोर्ड नलिएका उद्योगले सामान आयात तथा निर्यात गर्न नमिल्ने व्यवस्था गरिएको छ ।

विभागले प्यान÷भ्याटमा दर्ता भएका उद्योग, उद्योग र वाणिज्यमा दर्ता भएका उद्योग, आयातको लागि रु १० लाख र निर्यातका लागि रु तीन लाख बैंक ग्यारेन्टी गरेको तथा कर चुक्ता प्रमाणपत्र भएको उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गर्दै आएको छ । यस्तै वाणिज्यका सामग्री आयात तथा निर्यातका लागि भने वाणिज्य विभागबाट ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्था गरिएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com