Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पञ्चकोट र ढोरपाटनलाई पदमागर्दले जोडिँदै

  • ६ वर्ष अगाडि

बागलुङ २४ , भदौ । बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्येका दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्गमार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो । पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धनका लागि पदमार्गको पहिचान गर्न थालिएको हो । पहिलो चरणमा बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाको शिर बेलढुङ्गासम्म पदमार्गको रेखाङ्कन गरिएको छ ।

पदमार्गलाई विस्तार गरी ढोरपाटनसम्म पुर्याइनेछ । जिल्लाको पर्यटकीयस्थललाई पदमार्गमा जोड्न पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, बेलढुङ्गासम्म पदमार्गको पहिचान गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए  । भ्रमण वर्ष २०२० मा बागलुङ आउने पर्यटकलाई पदमार्गका बारेमा जानकारी गराई पर्यटन प्रवद्र्धनमा सहयोगका लागि समेत पदमार्ग रेखाङ्कन गरिएको छ ।

पदमार्गको ‘धौलागिरि चक्रपथ’ नामकरणसमेत गरिएको छ । बागलुङका वडा नं ६ र ७, बेनी नगरपालिकाका वडा नं २ र ३, काठेकोला गाउँपालिकाका वडा नं १, २ र ३ का पर्यटकीयस्थल तथा ऐतिहासिक महत्व बोकेका स्थानलाई समेटेर पञ्चकोट–बेलढुङ्गा पदयात्रा गरी पदमार्गको रेखाङ्कन गरिएको थियो ।

पञ्चकोटदेखि बेलढुङ्गा, ताराखोला हुँदै ढोरपाटनसम्म नयाँ पदमार्ग निर्माणका लागि पहिलो चरणमा २५ किलोमिटर पदमार्गको रेखाङ्कन गरिएको धौलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताए । पञ्चकोटदेखि ढोरपाटन पुग्ने पदमार्ग झण्डै १०० किलोमिटर लामो हुनेछ । “दुई पर्यटकीयस्थललाई जोडी ढोरपाटन शिकार खेल्न जाने बाह्य पर्यटकलाई पञ्चकोट हुँदै पदमार्गको माध्यमबाट ढोरपाटन पुर्याउने लक्ष्य हो”, कँडेलले भने , “पदमार्गमार्फत पर्यटक आवतजावत गर्दा पदमार्गले छोएका अन्य पर्यटकीयस्थलको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।”

जिल्लाका सबै पर्यटकीयस्थललाई पदमार्गले जोड्न सकेमा मात्र बागलुङ पर्यटकको गन्तव्य बन्न सक्ने कँडेलको भनाइ छ । पञ्चकोट–बेलढुङ्गामा पदमार्गको जानकारी बोर्ड, उचाइ तथा सङ्केत राखी पदयात्रीलाई सहज बनाउन धौलागिरि चक्रपथ विकास समितिसमेत गठन गरिएको छ । काठेखोल–७ का वडाध्यक्ष प्रेम लामिछानेको संयोजकत्वमा पदमार्गले छोएका सबै स्थानीय तह सहभागी रहने गरी समिति गठन गरिएको हो ।

पदमार्गमा जोडिएका सबै स्थानीय तहलाई समेटेर पदमार्गको विकासका लागि लाग्ने धौलागिरि चक्रपथ विकास समितिका संयोजक प्रेम लामिछानेले बताए । “अर्को वर्षसम्म पञ्चकोटदेखि बेलढुङ्गासम्म सजिलै हिँड्न मिल्ने गरी पदमार्ग निर्माण गर्नेर्छौं”, लामिछानेले भने , “पर्यटक आउन थालेपछि पर्यटन मन्त्रालयको सहयोगमा ढोरपाटनलाई यही पदमार्गमा जोड्ने लक्ष्य छ ।” पदमार्गको विकाससँगै पदमार्गमा जोडिएका बेलढुङ्गा, संसारकोट, थाप्लेको धुरी, कान्छौ धौलागिरिलगायतका नयाँ पर्यटकीय गन्तव्यको विकास हुने चक्रपथ विकास समितिले जनाएको छ । पञ्चकोटमा दैनिक सयौँ पर्यटक आउन थालेपछि पञ्चकोट पुगेका पर्यटकलाई पदमार्गमार्फत सोझै ढोरपाटन पुर्याउन पदमार्गको पहिचना गर्न लागिएको हो । पञ्चकोट पुगेका अधिकांश पर्यटकलाई ढोरपाटन पुर्याउन सके जिल्लाले पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्ने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए  ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com