Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आइफोन ११ को ट्रिपल क्यामेरामा खास के छ ?

  • ७ वर्ष अगाडि

२५ भदौ, काठमाडौं । विश्वले आर्थिक मन्दीकोे मार खेपिरहेका बेला एप्पल कम्पनीले आइफोन ११ सिरिजको आइफोन र आइप्याडका साथै नयाँ स्मार्टवाच लञ्च गरेको छ । नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको विशेषता भनेको क्यामेरा हो । यसले एकै पटकमा विभिन्न फम्र्याट (स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फी)मा भिडियो रेकर्ड गर्न सक्छ । यसका साथै टेलिफोटो, अल्ट्रा वाइड र नाइट मोड पनि छ, जसको मदतमा कम प्रकासमा पनि राम्रो गुणस्तरको तस्वीर खिच्न सकिन्छ । 

प्रोसेसर पनि पहिलेको आइफोनमा भन्दा राम्रो छ । अर्थात यो फोन अहिलेकोभन्दा तीव्र गतिमा काम गर्छ । एप्पलका अजुसार ब्याट्री पनि पहिले भन्दा राम्रो छ । चार वा पाँच घन्टाभन्दा बढी काम गर्छ । क्यालिफोर्नियामा भब्य समारोहमा एप्पलका सीईओ टिम कुकले एकसाथ तीन मोबाइल लञ्च गरे । आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सको मुल्य क्रमशः ६९९, ९९९ र १०९९ डलर छ । यो आइफोन वाटर प्रुफ र डस्ट रेसिस्टेन्ट छ । पानी र धुलोले यसलाई कुनै असर नगर्ने एप्पलको दाबी छ । मोबाइल स्क्रीनको रिजोल्यूशन ४५८ पीपीआई छ । डिस्प्लेलाई सुपर रेटिना नाम दिइएको छ ।

ट्रिपल क्यामेराको विशेषता

आईफोनले पहिलो पटक ट्रिपल क्यामेरा प्रविधि ल्याएको छ । यसमा १२ मेगापिक्सलको वाइड एंगल क्यामेरा, १२ मेगापिक्सलकै अल्ट्रा वाइड एंगल क्यामेरा र निकै राम्रो जुमका लागि टेलिफोटो क्यामेरा छ । वाइड एंगलका तस्वीर लिने क्षतमताका कारण अब ग्रुप सेल्फी लिँदा धेरै मानिसलाई तस्वीरमा कैद गर्न सक्छ । नाइट मोड र ६० फ्रेम प्रति सकेण्डको दरमा भिडियो रेकर्ड सुविधा पनि छ । उसो त यो प्रविधि नयाँ भने होइन । सामसुङ ए८० र हुवाई प्रो २० प्रो जस्ता मोबाइल फोनमा नाइट मोड प्रविधि छ । सामसुङ ए८० मा ट्रिपल क्यामेरा पनि छ । नयाँ मोडलको आइफोन १३ सेप्टेम्बरबाट प्रि अडर हुनेछ भने २० तारिखबाट ग्राहकले पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com