Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

आइफोन ११ को ट्रिपल क्यामेरामा खास के छ ?

  • ३ वर्ष अगाडि

२५ भदौ, काठमाडौं । विश्वले आर्थिक मन्दीकोे मार खेपिरहेका बेला एप्पल कम्पनीले आइफोन ११ सिरिजको आइफोन र आइप्याडका साथै नयाँ स्मार्टवाच लञ्च गरेको छ । नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको विशेषता भनेको क्यामेरा हो । यसले एकै पटकमा विभिन्न फम्र्याट (स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फी)मा भिडियो रेकर्ड गर्न सक्छ । यसका साथै टेलिफोटो, अल्ट्रा वाइड र नाइट मोड पनि छ, जसको मदतमा कम प्रकासमा पनि राम्रो गुणस्तरको तस्वीर खिच्न सकिन्छ । 

प्रोसेसर पनि पहिलेको आइफोनमा भन्दा राम्रो छ । अर्थात यो फोन अहिलेकोभन्दा तीव्र गतिमा काम गर्छ । एप्पलका अजुसार ब्याट्री पनि पहिले भन्दा राम्रो छ । चार वा पाँच घन्टाभन्दा बढी काम गर्छ । क्यालिफोर्नियामा भब्य समारोहमा एप्पलका सीईओ टिम कुकले एकसाथ तीन मोबाइल लञ्च गरे । आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सको मुल्य क्रमशः ६९९, ९९९ र १०९९ डलर छ । यो आइफोन वाटर प्रुफ र डस्ट रेसिस्टेन्ट छ । पानी र धुलोले यसलाई कुनै असर नगर्ने एप्पलको दाबी छ । मोबाइल स्क्रीनको रिजोल्यूशन ४५८ पीपीआई छ । डिस्प्लेलाई सुपर रेटिना नाम दिइएको छ ।

ट्रिपल क्यामेराको विशेषता

आईफोनले पहिलो पटक ट्रिपल क्यामेरा प्रविधि ल्याएको छ । यसमा १२ मेगापिक्सलको वाइड एंगल क्यामेरा, १२ मेगापिक्सलकै अल्ट्रा वाइड एंगल क्यामेरा र निकै राम्रो जुमका लागि टेलिफोटो क्यामेरा छ । वाइड एंगलका तस्वीर लिने क्षतमताका कारण अब ग्रुप सेल्फी लिँदा धेरै मानिसलाई तस्वीरमा कैद गर्न सक्छ । नाइट मोड र ६० फ्रेम प्रति सकेण्डको दरमा भिडियो रेकर्ड सुविधा पनि छ । उसो त यो प्रविधि नयाँ भने होइन । सामसुङ ए८० र हुवाई प्रो २० प्रो जस्ता मोबाइल फोनमा नाइट मोड प्रविधि छ । सामसुङ ए८० मा ट्रिपल क्यामेरा पनि छ । नयाँ मोडलको आइफोन १३ सेप्टेम्बरबाट प्रि अडर हुनेछ भने २० तारिखबाट ग्राहकले पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

केरा खेतीबाट मनग्य आम्दानी

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki