Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘लेकसाइडलाई बदनाम गराउँने काम भयो’

  • ६ वर्ष अगाडि

पोखरा, भदौ २५ गते । रात्रीकालिन पर्यटन विकासका लागि लेकसाइड, दरवारमार्ग, ठमेल लगायतका ठाउँलाई २४ सै घण्टा खोल्ने तयारी भइरहँदा पर्यटनको राजधानी पोखराको लेकसाइडलाई बदनाम गराउँने काम भइरहेको भन्दै व्यवसायीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष–२०१९ तथा नेपाल भ्रमण वर्ष– २०२० लाई लक्षित गरी पर्यटकको चहलपहल हुने स्थानलाई २० घण्टा खुल्ला राख्ने तयारी गरिरहंदा व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धाले लेकसाइडको बदनाम गर्न खोजिएको व्यवसायीहरु बताउँछन् ।
लेकसाइड क्षेत्रमा रातको समयमा हुने होहल्लाका कारण लेकसाइड बदनाम भएको भन्दै एक पक्षले रात्रीकालिन व्यवसाय गर्न नहुने तर्क गर्छन भने एक पक्षले नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी लेकसाइडलाई २४ सै घण्टा खुल्ला राख्नुपर्नेमा जोड दिदै आएका छन् । रातको समयमा डान्स, डिस्को तथा पवहरुबाट आउने चर्को स्वर तथा सडकमा देखिने होहल्लाका कारण लेकसाइडमा आउने पर्यटकहरु आजित भएको भन्दै स्थानीयवासी तथा होटल व्यवसायीले रात्रीकालिन व्यवसाय गर्न नहुने तर्क गर्दै आइरहेका छन् भने रेष्टुरेण्ट तथा बार व्यवसायीहरुले रात्रीकालिन व्यवसायलाई मर्यादित बनाएर २४ सै घण्टा खुल्ला राख्नुपर्ने तर्क गर्छन ।
रेष्टरेण्ट तथा बार एशोसियसन (रेवान) पोखराका महासचिव गणेश बहादुर थापाले लेकसाइडको पर्यटन व्यवसायलाई अप्ठ्यारो पार्नेगरी रात्रीकालिन व्यवसाय गर्न नहुँने भन्दै एक पक्ष अदालतसम्म पुगेको भन्दै आपसी समझदारीमा लेकसाइडको इज्जत जोगाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय तथा होटल व्यवसायीहरुले अदालतमा मुद्धा दिंदा पोखरामा होटल व्यवसायी र रेष्टुरेण्ट व्यवसायीबीच नकरात्मक सम्बन्ध छ भन्ने सन्देश गएकाले एक आपसमा सहमती गरेर रात्रीकालिन व्यवसायलाई मर्यादित बनाउँन सकिने थापाले बताउनुभयो ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विमल तुलाचनले रात्रीकालिन समयमा लेकसाइडमा हुने होहल्लाका कारण होटलमा आएका पाहुनाहरु राम्रोसँग सुत्न नसक्ने अवस्था आएपनि अन्यत्र धाउदा उपाय नलागेर अदालतसम्म पुग्नुपरेको बताउनुभयो । ‘हामीले लेकसाइड २४ घण्टा खुल्नुहुँदैन भनेका छैनौं, समाज र व्यवसायलाई गतिशिल बनाउँनकालागि मर्यादित व्यवसाय र शान्त लेकसाइड बनाएर अगाडि बढ्नुपर्छ भन्ने होटल व्यवसायीको माग हो ।’ तुलाचनले भन्नुभयो । तुलाचनले होटल क्षेत्रमा अरवौं लगानी भइसकेको र त्यसलाई स्थानान्तरण गर्न समेत समस्या हुने भएकाले होहल्ला हुने खालका व्यवसायलाई छुट्टै ठाउँमा स्थानान्तरण गर्न सकिने बताउनुहुन्छ ।
सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराईले रात्रीकालिन व्यवसायका बारेमा अहिले भइरहेको विवादमा आफुहरुको कुनै संलग्नता नभएको भन्दै मध्यरातमा डान्स, डिस्कोबाट होहल्ला गर्दै निस्कनेहरुका कारण लेकसाइड शान्त हुन नसकेको भन्दै त्यसलाई मर्यादित बनाएर अगाडि बढ्नुपर्ने बताउनुहुन्छ । ‘अहिले लेकसाइडका बार तथा डान्सहरुमा विदेशीहरु कमै मात्रामा जान्छन्, त्यहाँ जाने किशोर किशोरीहरुले मध्यरातमा देखाउँने चर्तिकलाले हाम्रो समाज कता जादै छ भन्ने झल्को देखाउँने भएकाले यसलाई मर्यादित बनाउँनु आवश्यक छ।’ भट्टराईले भन्नुभयो । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखराको पर्यटन विकासका लागि धेरै समस्या रहेकाले प्रदेशको पर्यटन मन्त्रालयले व्यवसायीहरुबीच सहजीकरण गर्नुपर्ने बताउनुहुन्छ ।
रेवानका सल्लाहकार सूर्य भुजेलले लेकसाइड क्षेत्रमा रहेका सात–आठ वटा डान्स बारहरुका कारण सम्पूर्ण लेकसाइडको व्यवसायलाई बदनाम हुने गतिविधि भइरहेको भन्दै समयमै सचेत रहँन आग्रह गर्नुभयो । ‘हामीले गण्डकी प्रदेशमा लाखौं पर्यटक ल्याउँने योजना बनाउँदैछौं तर पर्यटन व्यवसायीहरु एक आपसमा भिडिरहेका छन्, यसले कसैलाई फाइदा गर्दैन, पर्यटनको विकास गर्ने नै हो भने मर्यादित व्यवसायकालागि सहजीकरण गर्नुपर्छ ।’ भुजेलले भन्नुभयो ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले पर्यटकीय नगरी लेकसाइडको शान्ति सुरक्षा राम्रो भएकाले रात्रीकालिन व्यवसायमा कुनै समस्या नभएको बताउनुहुन्छ । ‘म बैदाम क्षेत्रको कमाण्ड सम्हालेर आएको छ महिना भयो, यो अवधीमा बाहिर हल्ला गरिएजस्तो कुनैदिन ग्याङ फाइट भएको, केटी तानातान भएको, चोरी भएको तथा कोही असुरक्षित भएको घटना छैनन् ।’ डिएसपी शाहले भन्नुभयो । केही तत्वले लेकसाइडको बदनाम गराउँनका लागि केही मान्छेको स्वार्थका लागि प्रपोगाण्ड तथा हल्ला भएपनि लेकसाइड क्षेत्रमा रहेका बढी साउण्डमा बज्ने डान्स, डिस्को तथा बारहरुलाई साउण्ड प्रुफ गर्नुपर्ने शाहको भनाई छ ।
लेकसाइडको पर्यटन क्षेत्रमा पाँच खर्व रुपैयाँ बढीको लगानी भइसकेको र होटल, रेष्टुरेण्ट, आवास क्षेत्र एकै ठाउँमा भएकाले यस्तो समस्या आएको पर्यटन व्यवसायीहरु बताउँछन् । ‘यहाँ ठूलो लगानी भइरहेको छ, होटलमा सुत्न आउँने पर्यटनक तथा घरमा सुतिरहेका व्यक्तिहरुलाई कुनै असर नगर्नेगरी रात्रीकालिन व्यवसाय सञ्चालन गदौ केही समस्या पर्दैन ।’ पर्यटन व्यवसायी सन्तोपा पोखरेलले बताउनुभयो ।
गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले पर्यटनलाई प्रदेशको प्रमुख समृद्धिको आधार मानेर अगाडि बढेकाले सानातिना कुरामा नअल्झी पर्यटन विकासमा लाग्न आग्रह गर्नुभयो । ‘हामीले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेका छौं, अब नेपाल भ्रमण वर्ष २०२० निकट छ, पर्यटन वर्षमा आउँने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी अगाडि बढ्न आवश्यक छ । व्यवसायीहरुका समस्याका बारेमा मन्त्रालयले आपसी समझदारीमा समस्या समाधानको काम गर्छ ।’ मन्त्री लम्सालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

सम्बोधन परियोजनाको पत्रकारसंग अन्तरक्रिया कार्यक्रम

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्धारा अभिभावको उपचारको लागि आर्थिक सहयोग

‘पत्रकार लेखनवृत्ति कोष’मा सिवाईसी सहकारीको सहयोग

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com