Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने

  • ७ वर्ष अगाडि

काठमाडौं । व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । 

फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ ।

तर अब भविष्यमा फेसबुकमा लाइक गर्न नपाइने भएको छ । किनकी फेसबुकले अब यो लाइक बटनलाई निकट भविष्यमै हटाउँदै छ । फेसबुक स्वयंले यसको पुष्टि गरेको छ । अहिलेबाटै लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ ।

समाचारअनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउने छन् । अर्थात् अब फेसबुक पोष्टमा लाइक गर्नेहरुको सबै संख्या देखिने छैन । यसबाट फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन् । जसका कारण बढी लाइक्स आउनेलाई लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा डिलिट गर्ने प्रवृत्ति पनि हट्ने विश्वास गरिएकेा छ ।

अहिले फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिएको छ र प्रयोगकर्ताहरुका लागि सुरु गरिसकिएको छैन । फेसबुकले लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि सुरु गर्ने भन्ने कुराको बारेमा जानकारी दिएको छैन ।

स्मरण रहोस् फेसबुकले यस्तै खालको फिचर इन्स्टाग्राममा पनि परीक्षण गरिसकेको छ । क्यानडा, ब्राजिल, अस्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड र जापानका प्रयोगकर्तामा गरिएको उक्त परीक्षणको नतिजा के आयो भन्नेबारेमा अहिलेसमम सार्वजनिक गरिएको छैन ।

-एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

विश्वभर फेसबुकमा देखियो समस्या

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com