Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

यी हुन् सबैभन्दा धेरै विकिरण निकाल्ने स्मार्टफोन

  • ७ वर्ष अगाडि

स्मार्टफोन अहिले हाम्रो जीवनको हिस्सा बनिसकेको छ । हरेक दिन विश्वमा स्मार्टफोन प्रयोगकर्ताको संख्या बढिरहेको छ र नयाँ नयाँ स्मार्टफोनहरु बजारमा आइरहेका छन् । 

यस्तोमा फोनबाट निस्कने विकिरणको खतरा पनि बढ्नु स्वभाविकै हो । हालैका दिनहरुमा स्मार्टफोनबाट निस्कने रेडिएसनका विषयमा विभिन्न खाले रिपोर्टहरू आइरहेका छन् । कतिपय रिपोर्टमा स्मार्टफोनबाट निस्कने विकिरण खतरनाक भएको र प्रयोगकर्तालाई क्यान्सरसमेतको जोखिम हुने समेत दाबी गरिएको छ । तथापि, स्मार्टफोनबाट निस्कने रेडिएसनबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दाबीप्रति वैज्ञानिकहरू सहमत छैनन् ।

कुन फोनबाट कति विकिरण ?

जर्मनीको तथ्यांकसम्बन्धी संस्था स्टाटिस्टाले हालै विद्यमान स्मार्टफोनहरूमध्ये कसले कति विकिरण उत्सर्जन गर्छ भन्ने बारेमा एक सूची सार्वजनिक गरेको छ । स्मार्टफोनले उत्सर्जन गर्ने विकिरणलाई एसएआर अर्थात् स्पेसिफिक एब्जप्र्सन रेटको आधारमा मापन गरिन्छ, जुन प्रति किलोग्रामले उत्सर्जन गर्ने विकिरण ऊर्जाको मात्रा हो ।

यस सूची अनुसार शाओमीको MiA1 सबैभन्दा धेरै विकिरण निकाल्ने स्मार्टफोनको रुपमा रहेको छ । त्यस्तै शाओमीकै म्याक्स थ्री दोश्रो स्थानमा छ । सूची अनुसार धेरै विकिरण फ्याक्ने १६ वटा स्मार्टफोनमध्ये ८ वटा चिनियाँ ब्राण्ड नै रहेका छन् ।

टप १६ मा आइफोन सेभेन र आइफोन एट पनि रहेका छन् । आइफोन सेभेन नवौं स्थानमा छ भने आइफोन ८ १४ औं स्थानमा छ । सूचीको पहिलो स्थानमा रहेको शाओमीको एसएआर भ्यालू १.७५ रहेको छ भने अन्तिम स्थानमा रहेको जेडटीई एक्सो ७ मिनी फोनको १.२९ रहेको छ ।

जर्मन सर्टिफिकेसन फर इन्भारोमेन्टल फ्रेण्डलीनेसका अनुसार एसएआर भ्यालू ०.६ वाट प्रतिकिलोग्राम भन्दा कम भएका स्मार्टफोनहरु मात्र विकिरणको दृष्टिले सुरक्षित रहेका छन् ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

विश्वभर फेसबुकमा देखियो समस्या

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com