Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

परम्परागत पिङ संरक्षणमा जुटे युवा

  • ७ वर्ष अगाडि

गोरखा, असोज १६ गते । शहिद लखन गाउँपालिका बुंकोटका युवाहरु पिङ संरक्षणमा जुटेका छन् । स्थानीय नव इन्द्रेणी बुंकोट युवा क्लव छापथोकमा आवद्ध युवाहरुले हराउँदै गएको परम्परागत पिङ निर्माण गरेका हुन् । ‘३०–४० वर्ष पहिले टाढा–टाढाका मान्छे पिङ खेल्न छापकथोक आइपुग्थे’ वडा अध्यक्ष काशीनाथ अम्गाईले भन्नुभयो ‘बीचमा लामो समय पिङ बन्द भयो, अहिले युवा साथीहरु त्यो परम्परा जोगाउनु लागि पर्नुभएको छ ।’

उनीहरुले ८ पिर्का भएको रोहटे र ४ पिर्का भएको जाते पिङ निर्माण गरेका छन् । सोही ठाउँमा लिङ्गे पिङ निर्माण गर्ने बारेमापनि छलफल भइरहेको अम्गाईले जानकारी दिनुभयो । नेपालीहरुको महान पर्व विजया दशमी शुरु भइसेको छ । दशैका मुख्य आकर्षण मध्ये पिङ पनि एक हो ।

असत्य माथि सत्यको बिजय भएको खुसियालीमा पिङ खेल्ने रम्परागत मान्यता छ । सोही अनुरुप दशैमा एक पटक भएपनि पिङ खेलेर धर्ती छोड्नु पर्छ भन्ने गरिन्छ । तर पछिल्लो समय अधिकाशं ठाउँका परम्परागत पिङ लोप भएका छन् । ‘एक दिन साथीहरु वडा कार्यालयमा आउनु भएको थियो, उहाँहरुको केही गर्ने उत्साह देखेर मैले पिङ बनाउने प्रस्ताब गरेँ’ वडा अध्यक्ष अम्गाईले भन्नुभयो ‘सामुदायिक वनलाई सहुलियतमा काठ उपलब्ध गराउन आग्रह गरेँ त्यसपछि साथीहरुले काम सुरु गर्नुभयो ।’

क्वलका सचिव राजेश श्रेष्ठको संयोजकत्वमा आर्थिक सकंलन समिति निर्माण गरेर सहयोग संकलन थालियो । ‘हामीले अहिलेसम्म १ लाख ९८ हजार रकम खर्च गरिसकेका छौं’ आर्थिक संकलन समितिका संयोजक श्रेष्ठले भन्नुभयो ‘७० हजारको जनश्रमदान नै भएको छ ।’ तर हालसम्म करिब ५० हजार रुपैयाँ मात्र संकलन भएको छ । अन्य रकम उपलब्ध गराइदिनका लागि स्थानीय तह र देश तथा विदेशमा बस्ने आग्रह गरिएको छ ।’ उहाँले बताउनुभयो ।
गाेरखापत्रमा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com