Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा सुरक्षित आप्रवासन कार्यक्रम

  • ७ वर्ष अगाडि

बागलुङ, पुस २५ गते । रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा जाने कामदारले भोग्ने जोखिम न्युनिकरणका लागि बागलुङमा अभियान सुरु गरिएको छ । खाडी मुलुकमा रोजगारीका लागि जाने मध्यम वर्गीय कामदारले रोजगारीमा जानुपूर्वदेखि फर्कनेबेलासम्म धेरै दुःख पाउँने गरेकाले उनीहरुको सहजीकरणका लागि सुरक्षित आप्रवासन कार्यक्रम सुर गरिएको हो ।

विभिन्न दातृ निकायको सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजनमा सुरक्षित आप्रवासन कार्यक्रम सुरु गरिएको जनाइएको छ । खाडी मुलुकमा रोजगारीका लागि वार्षिक पाँच हजार भन्दा बढी युवायुवतीले श्रम स्वीकृत लिएको तथ्याङ्कका आधारमा जिल्ला छनोट गरेर कार्यक्रम लागू गरिएको परियोजनाले जनाएको छ । 

परियोजनाले खाडी मुलुक जान इच्छुक व्यक्तिको पहिचानदेखि त्यहाँ पुगेर फर्कनेबेला सम्म उसले भोग्ने समस्या समाधानका लागि काम गर्ने परियोजनाका बागलुङ संयोजक मिनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार बागलुङका चार स्थानीय तहलाई लक्षित गरी कार्यक्रम लागू गरिएको र यसले बैदेशिक रोजगारीमा जाने र गएका युवायुवतीहरुलाई सहजीकरण गर्ने छ ।

परियोजनाले खाडी मुलुकमा काम गरेर फर्केकालाई रिटर्नी स्वंसेवकको रुपमा नियक्त गरी बैदेशिक रोजगारीमा जान चाहने युवा युवतीहरुलाई त्यहाँ पुगेपछि अपनाउँनुपर्ने सतर्कता, त्यहाँको नियम कानून, श्रम स्वीकृत लगायतका बारेमा जानकारी गराउँने, वित्तीय साक्षरताकर्ताले बैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको सही सदुपयोगका बारेमा साक्षरता प्रदान गर्ने, मनोसामाजिक परामर्शकर्ताबाट बैदेशिक रोजगारीले निम्ताउँने सामाजिक, मानसिक समस्याको समाधानकालागि परामर्श दिने काम गर्नेछ ।

बैदेशिक रोजगारीका लागि जाने पहिलो माध्यम राहदानी निर्माण भएकाले जिल्ला प्रशासन कार्यालयको राहदानी वितरण गर्ने ठाउँ नजिकै हेल्प डेक्स स्थापना गरी त्यहाँ आउनेलाई आवश्यक परामर्श तथा बैदेशिक रोजगारीमा जानू वुर्व, जाने क्रममा, गएर रोजगारीमा लागेपछि र फर्कने बेलासम्म पर्ने समस्या बारेमा सम्बन्धीत निकायसम्म समाधानका लागि पठाउँने काम गरिने उपाध्यायले बताउनुभयो ।

बागलुङमा विवाईसी बागलुङको स्थानयि व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगामा सञ्चालित परियोजना बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा सञ्चालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा रहने सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासन स्रोत केन्द्रको कार्यालय उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन परियोजनाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले सुचनामा, न्याय र आर्थिक परिचालनमा परियोजनाले उल्लेख्य काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com