Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा औद्योगिक ग्राम निर्माणको तयारी

  • ६ वर्ष अगाडि

पोखरा, पुस २५ गते । औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माणका लागि संघीय सरकारले स्वीकृत गरेपछि गण्डकी प्रदेशमा ११ औद्योगिक ग्राम र दुई औद्योगिक क्षेत्र निर्माणको तयारी सुरु गरिएको छ । हरेक स्थानीय तहमा औद्योगिकरणको नीति अनुसार गण्डकी प्रदेशका ११ स्थानमा औद्योगिक ग्राम र दुई स्थानमा औद्योगिक क्षेत्र निर्माणको तयारी सुरुवात गरिएको हो ।

स्थानीय तहको मागअनुसार गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माणका लागि संघीय सरकारलाई नीतिगत निर्णय गर्न गरेको आग्रहअनुसार संघीय सरकारको मन्त्रीपरिषदबाट स्वीकृत प्राप्त भएपछि प्रक्रिया सुरु भएको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

संघीय सरकारले नवलपुरको कावासोती नगरपालिकामा पर्ने लोकाहा खोला र कास्कीको भोटेपोखरीमा औद्योगिक क्षेत्र र बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका (बागलुङ), विहादी गाउँपालिका (पर्वत), वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा), राईनास नगरपालिका (लमजुङ), सिरानचोक गाउँपालिका, शहिद लखन गाउँपालिका (गोरखा), ऋषिङ गाउँपालिका, आवुँखैरेनी गाउँपालिका (तनहुँ)मा औद्योगिक ग्राम स्थापना गर्न अनुमती दिएको मन्त्री लम्सालले जानकारी दिनुभयो ।

स्थानीय तहबाट उपयुक्त देखिएका जग्गा छनोट गरेको सिफारिसअनुसार उक्त स्थानका बारेमा अध्ययन गरेर अनुमती प्रदान गरिएको थियो । औद्योगक क्षेत्र तथा ग्राम स्थापना गर्ने उद्देश्यले संघीय सरकारले ६७ र गण्डकी प्रदेश सरकारले आठ करोड रुपियाँ विनियोजन गरेको थियो । स्थानीय तहले छनोट गरेको जग्गामा उद्योग, कलकारखाना सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।

संघीय सरकारले २१ ठाउँमा औद्योगक ग्राम निर्माणको स्वीकृत दिएको र सो मध्य ११ वटा गण्डकी प्रदेशमा परेकाले संघीय सरकारले विनियोजन गरेको धेरै बजेट गण्डकी प्रदेशमा काम गर्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । संघीय सरकारले निर्णय गरेपछि तीनै तहका सरकारबीचको समन्वयबाट चालु आर्थिक वर्ष भित्रै स्वीकृत भएको क्षेत्रमा प्रवेशद्वार निर्माण र घरा वा पर्खाल निर्माण गर्ने तयारी भइरहेको र उक्त क्षेत्रको डिपिआर गर्न आवश्यक रकम भौतिक पूर्वाधार निर्माणमा आवश्यक रकम स्थानीय तह र प्रदेश सरकारले ५०/५० प्रतिशतका दरले व्यहोर्नेछन् ।

संघीय सरकारबाट अनुमती प्राप्त भएपछि निर्माणको काम सुरु गरिने बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले वडा नं. १३ को कालाखोला क्षेत्र औद्योगिक ग्राम निर्माणका लागि उपयुक्त समेत रहेको पौडेलले बताउनुभयो । ‘हामीले औद्योगिक ग्राम निर्माण गरी उद्योग सञ्चालन गर्न इच्छुक उद्यमीलाई सहज बनाउँने तयारीमा छौं, हामीले छानेको क्षेत्र बागलुङ बजार नजिकै र सोही क्षेत्र भएर कालिगण्डकी करिडोर समेत निर्माण भइसकेकाले औद्योगिक ग्राम सञ्चालनमा सहजता आउने छ ।’ नगरप्रमुख पौडेलले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com