Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

गण्डकीमा औद्योगिक ग्राम निर्माणको तयारी

  • ३ वर्ष अगाडि

पोखरा, पुस २५ गते । औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माणका लागि संघीय सरकारले स्वीकृत गरेपछि गण्डकी प्रदेशमा ११ औद्योगिक ग्राम र दुई औद्योगिक क्षेत्र निर्माणको तयारी सुरु गरिएको छ । हरेक स्थानीय तहमा औद्योगिकरणको नीति अनुसार गण्डकी प्रदेशका ११ स्थानमा औद्योगिक ग्राम र दुई स्थानमा औद्योगिक क्षेत्र निर्माणको तयारी सुरुवात गरिएको हो ।

स्थानीय तहको मागअनुसार गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माणका लागि संघीय सरकारलाई नीतिगत निर्णय गर्न गरेको आग्रहअनुसार संघीय सरकारको मन्त्रीपरिषदबाट स्वीकृत प्राप्त भएपछि प्रक्रिया सुरु भएको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

संघीय सरकारले नवलपुरको कावासोती नगरपालिकामा पर्ने लोकाहा खोला र कास्कीको भोटेपोखरीमा औद्योगिक क्षेत्र र बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका (बागलुङ), विहादी गाउँपालिका (पर्वत), वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा), राईनास नगरपालिका (लमजुङ), सिरानचोक गाउँपालिका, शहिद लखन गाउँपालिका (गोरखा), ऋषिङ गाउँपालिका, आवुँखैरेनी गाउँपालिका (तनहुँ)मा औद्योगिक ग्राम स्थापना गर्न अनुमती दिएको मन्त्री लम्सालले जानकारी दिनुभयो ।

स्थानीय तहबाट उपयुक्त देखिएका जग्गा छनोट गरेको सिफारिसअनुसार उक्त स्थानका बारेमा अध्ययन गरेर अनुमती प्रदान गरिएको थियो । औद्योगक क्षेत्र तथा ग्राम स्थापना गर्ने उद्देश्यले संघीय सरकारले ६७ र गण्डकी प्रदेश सरकारले आठ करोड रुपियाँ विनियोजन गरेको थियो । स्थानीय तहले छनोट गरेको जग्गामा उद्योग, कलकारखाना सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।

संघीय सरकारले २१ ठाउँमा औद्योगक ग्राम निर्माणको स्वीकृत दिएको र सो मध्य ११ वटा गण्डकी प्रदेशमा परेकाले संघीय सरकारले विनियोजन गरेको धेरै बजेट गण्डकी प्रदेशमा काम गर्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । संघीय सरकारले निर्णय गरेपछि तीनै तहका सरकारबीचको समन्वयबाट चालु आर्थिक वर्ष भित्रै स्वीकृत भएको क्षेत्रमा प्रवेशद्वार निर्माण र घरा वा पर्खाल निर्माण गर्ने तयारी भइरहेको र उक्त क्षेत्रको डिपिआर गर्न आवश्यक रकम भौतिक पूर्वाधार निर्माणमा आवश्यक रकम स्थानीय तह र प्रदेश सरकारले ५०/५० प्रतिशतका दरले व्यहोर्नेछन् ।

संघीय सरकारबाट अनुमती प्राप्त भएपछि निर्माणको काम सुरु गरिने बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले वडा नं. १३ को कालाखोला क्षेत्र औद्योगिक ग्राम निर्माणका लागि उपयुक्त समेत रहेको पौडेलले बताउनुभयो । ‘हामीले औद्योगिक ग्राम निर्माण गरी उद्योग सञ्चालन गर्न इच्छुक उद्यमीलाई सहज बनाउँने तयारीमा छौं, हामीले छानेको क्षेत्र बागलुङ बजार नजिकै र सोही क्षेत्र भएर कालिगण्डकी करिडोर समेत निर्माण भइसकेकाले औद्योगिक ग्राम सञ्चालनमा सहजता आउने छ ।’ नगरप्रमुख पौडेलले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

केरा खेतीबाट मनग्य आम्दानी

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki