Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अञ्चल अस्पतालकाे नामबाट ‘अञ्चल’ हटाइयाे

  • ६ वर्ष अगाडि

पोखरा, बैशाख २४ गते । मुलुक संघीय संरचनामा गएको पाँच वर्षपछि अञ्चलका नाममा रहेका गण्डकी प्रदेशका अस्पतालको नामबाट अञ्चल हटेको छ । गण्डकी प्रदेश मन्त्रीपरिषदको बैठकले अञ्चलको नाममा रहेका धौलागिरि अञ्चल अस्पताल, गण्डकी अञ्चल आर्युवेद औषधालय र धौलागिरि अञ्चल आयुर्वेद ओषधालयको नाममा रहेको अञ्चल शब्द हटाएको हो ।

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले प्रादेशिक, उपप्रादेशिक र जिल्ला अस्पताल तय गर्ने नीति भएपनि हाललाई साविकका अञ्चल अस्पतालको नामबाट अञ्चल शब्द हटाइएको जानकारी दिनुभयो । पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रादेशिक अस्पताल र बागलुङमा रहेको धौलागिरि अञ्चल अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउँने चर्चा चलेपनि हाललाई अञ्चल शब्दमात्र हटाइएको र मापदण्ड बनाएर अस्पतालको नामाकरण, जनशक्ति लगायतको व्यवस्थापन गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

यस्तै मन्त्रीपरिषदको बैठकले गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य समेत गरेको छ । पुस २३ गतेबाट शुरु भएको हिउँदे अधिवेशनको अन्तिम बैठक चैत ६ गते बसेको र कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्नका लागि स्थगित गरिएकोमा त्यसलाई अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष आव्हान गरेको जानकारी दिनुभयो ।

बैठकले कोरोना भाइरस संक्रमणको संक्रमणबाट कोही कसैको मृत्यु भएमा गरिने शव व्यवस्थापन सम्बन्धी कार्यविधि समेत स्वीकृत गरेको छ । उद्योग वन तथा वातावरण मन्त्रालय अनुसन्धान तथा तैकिकात गर्नका लागि बिभिन्न डिभिजन वन कार्यलयमा कर्मचारी तोकी काम गर्ने रेञ्जरलाई अनुसन्धानको अधिकार तोकेको छ ।

फेवतालमा बन्दै गरेको फेवताल सिल्टेशन डयाम् गण्डकी प्रदेश सरकार महानगरपालिका र उद्योग वन तथा वातावरण मन्त्रालयको सहकार्यमा लाग्ने खर्च ५० प्रतिशत गण्डकी प्रदेश सरकारले बेर्होने र भुक्तानी दिने निर्णय गरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । यस्तै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ मा पूर्वाधार निर्माणका लागि यस अगाडि प्याकेजमा विनियोजन गरिएको तीन करोड रुपियाँसँगै ति वडामा आवश्यक एम्बुलेन्स खरिदका लागि सैद्धान्तिक सहमति दिने निर्णय समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com