बागलुङ ,१० साउन । बागलुङमा आईफोन पचाउनक लागि साथी हत्या गरेको खुलेको छ ।
बागलुङको बडिगाड गाउँपालिका–१ का आठ दिनदेखि बेपत्ता रहेका लजिन थापा साउन १ गते साँझ करिब ८ बजे घरनजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थिए । त्यसयता सम्पर्कविहीन रहेका उनी शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले थापासँग जन्मदिन मनाउन गएका चार जना साथीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धानका क्रममा साथिको आईफोन पचाउनका लागि हत्या गरिएको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातिले जानकारी दिनुभयो ।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड–१ का २० वर्षिय रेमबहादुर विक, सोही ठाउँका १९ वर्षिय सुदिप विक, १६ वर्षिय अशिम वन र १५ वर्षिय ददि परियारलाई पक्राउ गरेको थियो ।











