Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बूढानीलकण्ठ नगरपालिकाका तीन वडामा बन्दबन्दी थप कडाइ गरिने

  • ६ वर्ष अगाडि

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाका तीन वडामा बन्दबन्दी थप कडाइ गरिने भएको छ । बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएसँगै आसपासका तीन वडामा लकडाउनलाई थप कडाइ गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताउनुभयो । नगरपालिकाका वडा नं १०, ११ र १२ मा संक्रमणको जोखिमलाई ध्यानमा राखेर बन्दाबन्दीलाई प्रभावकारी बनाइने बताइएको छ ।
सर्लाही, रामनगर स्थायी घर भई हाल तेञ्जिङ चोक बसोबास गदैँ आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर बन्द गरिएको छ । नगरपलिकाका तीन वडाका खुला स्थानमा तरकारी बजार तथा गाडामा तरकारी बिक्रीवितरण पूर्ण रुपमा बन्द गरिएको छ । यसैगरी अत्यावश्यक काम नभई विनाकाममा घर बाहिर निस्केको तथा हिँडडुल गरेको थाहा भएमा कानूनबमोजिम बन्दाबन्दी उल्लंघन गरेको ठहर गरी रु पाँच सय जरिवानासहित कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
नगरपालिकाले तोकिएको बाहेकका व्यवसाय तोकिएको समयबाहेक सञ्चालन गरेमा कानूनबमोजिम कारवाही तथा रु एक हजार जरिवानासमेत गरिने नगरपालिकाले जनाएको छ । साथै सो क्षेत्रका मासु पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने सवारी साधनले मानिस ओसारपसार गरेको पाइएमा कारबाही गरिने प्रवक्ता भट्टराईले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com