Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कोरोना भाइरसको जोखिम कम गर्न सहकारी संस्थाहरुले आलोपालो गरी सेवा प्रवाह

  • त्रिलोचन रिजाल
  • ६ वर्ष अगाडि

बागलुङ । कोरोना भाइरसको जोखिम कम गर्न बागलुङ बजारमा सञ्चालित सहकारी संस्थाहरुले आलोपालो गरी सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला सहकारी संघ बागलुङले बजारभित्र खरहेका ६९ भन्दा बढी सहकारीलाई हप्तामा २ दिन सेवा प्रवाह गर्न समय तालिका निर्धारण गरिदिएको छ ।
संघले बागलुङ बजार क्षेत्रका ६९ वटा सहकारीलाई हप्तामा २ दिन सेवा प्रवाह गर्न र सहकारी बैंकसहित ९ वटा सहकारी संघहरुले दैनिक सेवा प्रवाह गर्न निर्देशन जारी गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताए । गौतमका अनुसार आइतबार र बुधबार २२, सोमबार र बिहिबार २१ र मंगलबार र शुक्रबार २८ वटा सहकारीले सेवा प्रवाह गर्ने छन् । यस्तै अत्यावश्यक सेवाका लागि मंगलबार र शुक्रबार सेवा प्रवाह गर्न संघले आग्रह गरेको छ ।

राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, जिल्ला सूचना तथा सञ्चार सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला फलफूल तथा तरकारी उत्पादक सहकारी संघ, जिल्ला स्वास्थ्य सहकारी संघ र जिल्ला कृषि सहकारी संघ लिमिटेड हप्ताको ६ दिननै खुल्ने छन् । उनले सहकारी संस्थाहरुको समन्वयका लागि सहकारी बैंक र सहकारी संघलाई हप्ताभर नै खुलाउने निर्णय बताए ।
सहकारी संघको निणर्यसँगै सदरमुकाम बागलुङ बजारमा सञ्चालित सहकारी संस्थाहरुले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रवाह गर्नेछन् । यस्तौ जिल्ला सहकारी संघ र सहकारी बैंकले भने १० बजेदेखि ४ बजेसम्म नै सेवा प्रवाह गर्ने छन् । जिल्लास्थित सबै सहकारीहरु एकसाथ खुल्दा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर सहकारीहरु खोल्ने निर्णय गरिएको संघले जनाएको छ ।
यस्तै संघले सहकारीबाट ऋण लिई व्यापार व्यवसाय गर्दै आएका सेयर सदस्यहरुको परिस्थितिका कारण संस्थाको नीति नियम अनुसार ऋणको व्याज भुक्तानी गर्दा कूल व्याज रकमको १० प्रतिशत छुट दिन सहकारीहरुलाई अनुरोध गरेको छ । ऋण लगानीमा आगामी जेठ मसान्तसम्म ऋणको भाका ननाघ्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ । संघले सहकारी संस्थाहरुले आफ्नो कार्यक्षेत्र भित्रका स्थानीय तहले सञ्चालन गरेका कोरोना राहत कोषमा संस्थाको अवस्था अनुसार सहयोग गरी जिल्ला सहकारी संघलाई जानकारी गराउन समेत अनुरोध गरेको अध्यक्ष गौतमले बताए । कारोबार दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com