Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

३४ लाखलाई रोजगारी दिन २ खर्ब लगानी आवश्यक

  • ३ वर्ष अगाडि

काठमाडौं । कोरोना महामारी तथा लकडाउनका कारण रोजगारी गुमाउने स्वदेश र विदेशमा रहेका नेपालीहरूका लागि रोजगारीका अवसर सृजना गर्न २ खर्बभन्दा बढी लगानी आवश्यक पर्ने एक सरकारी कार्यदलको अध्ययनले देखाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत गठन भएको कार्यदलको प्रतिवेदनअनुसार हाल सञ्चालनमा रहेका र नयाँ प्रस्तावित गरी रोजगारी र उद्यमशीलताका १२ आयोजनामार्फत रोजगारीका अवसरहरू सृजना गर्न सकिनेछ ।

कार्यदलले प्रस्ताव गरेकामध्ये आप्रवासी कामदारहरूको रोजगारी सृजना र जीविकोपार्जनमा सुधार परियोजना र स्तरोन्मुख उद्यम विकास कार्यक्रम कार्यान्वयन नयाँ आयोजना हुन्, जसलाई कार्यदलले विदेशबाट आएका युवाहरूलाई लक्षित गरेर सञ्चालन गर्न सुझाव दिएको छ ।

हाल विभिन्न मन्त्रालय तथा निकायमार्फत सञ्चालन भएका नियमित आयोजनाका अतिरिक्त औद्योगिक ग्राम, विशेष आर्थिक क्षेत्र (सेज)लगायत सञ्चालन गर्दा र लगानी बढाउँदा मुलुकभर ३३ लाख ९४ लाई रोजगारी दिन सक्ने प्रक्षेपण कार्यदलले गरेको छ ।

विदेशिएका लाखौं नेपाली स्वदेश आउने र स्वदेशमा रहेकाले पनि रोजगारी गुमाउने जोखिम उच्च भएका बेला कार्यदलले पाँचओटा आयोजना तत्काल शुरू गरेर रोजगारी दिन सक्ने सुझाव दिएको छ । मन्त्रालयअन्तर्गतको औद्योगिक लगानी तथा प्रवद्र्धन महाशाखा प्रमुख पुष्पराज शाहीको संयोजकत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट कार्यक्रममै समावेश गरी बेरोजगार भएकालाई रोजगारी दिन सकिने सुझाव दिएको छ ।आर्थिक अभियान दैनिक बाट

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिप्स उत्पादन गर्दै रामपुरका महिला

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ

मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com