Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

३४ लाखलाई रोजगारी दिन २ खर्ब लगानी आवश्यक

  • ६ वर्ष अगाडि

काठमाडौं । कोरोना महामारी तथा लकडाउनका कारण रोजगारी गुमाउने स्वदेश र विदेशमा रहेका नेपालीहरूका लागि रोजगारीका अवसर सृजना गर्न २ खर्बभन्दा बढी लगानी आवश्यक पर्ने एक सरकारी कार्यदलको अध्ययनले देखाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत गठन भएको कार्यदलको प्रतिवेदनअनुसार हाल सञ्चालनमा रहेका र नयाँ प्रस्तावित गरी रोजगारी र उद्यमशीलताका १२ आयोजनामार्फत रोजगारीका अवसरहरू सृजना गर्न सकिनेछ ।

कार्यदलले प्रस्ताव गरेकामध्ये आप्रवासी कामदारहरूको रोजगारी सृजना र जीविकोपार्जनमा सुधार परियोजना र स्तरोन्मुख उद्यम विकास कार्यक्रम कार्यान्वयन नयाँ आयोजना हुन्, जसलाई कार्यदलले विदेशबाट आएका युवाहरूलाई लक्षित गरेर सञ्चालन गर्न सुझाव दिएको छ ।

हाल विभिन्न मन्त्रालय तथा निकायमार्फत सञ्चालन भएका नियमित आयोजनाका अतिरिक्त औद्योगिक ग्राम, विशेष आर्थिक क्षेत्र (सेज)लगायत सञ्चालन गर्दा र लगानी बढाउँदा मुलुकभर ३३ लाख ९४ लाई रोजगारी दिन सक्ने प्रक्षेपण कार्यदलले गरेको छ ।

विदेशिएका लाखौं नेपाली स्वदेश आउने र स्वदेशमा रहेकाले पनि रोजगारी गुमाउने जोखिम उच्च भएका बेला कार्यदलले पाँचओटा आयोजना तत्काल शुरू गरेर रोजगारी दिन सक्ने सुझाव दिएको छ । मन्त्रालयअन्तर्गतको औद्योगिक लगानी तथा प्रवद्र्धन महाशाखा प्रमुख पुष्पराज शाहीको संयोजकत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट कार्यक्रममै समावेश गरी बेरोजगार भएकालाई रोजगारी दिन सकिने सुझाव दिएको छ ।आर्थिक अभियान दैनिक बाट

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com