Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भारतबाट आउने नेपालीको लस्कर , किट अभावका कारण स्वास्थ्य परीक्षणमा समस्या

  • ६ वर्ष अगाडि

काठमाडौं। भारतीय सिमानामा प्रवासी मजदुरको सागर, तर परीक्षण गर्ने किट छैन शीर्षकमा आजको नया पत्रिका दैनिकले खबर छापेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाकाबाट तीन हजार नौ सय ५० जना भित्रिएका छन् । ३ जेठयता करिब साढे ११ हजार नेपाली फर्किएको उनले बताए ।

नाकामा स्वास्थ्य परीक्षण सम्भव नभएकाले सम्बन्धित स्थानीय तहहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले समन्वय गरिरहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘आरडिटी किट र जनशक्ति अभावले नाकामा स्वास्थ्य परीक्षण गर्न सकिएन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्न स्थानीय तहहरूलाई भनेका छौँ,’ उनले भने ।

संघीय सरकारसँग आरडिटी किट माग गरिएको र प्रदेश सरकार आफैँले पनि खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए । तीस हजार आरडिटी किट र पिसिआर जाँचका लागि दुई हजार भिटिएम खरिद प्रक्रिया प्रदेश सरकारले अगाडि बढाएको उनले बताए ।

प्रदेशभर हालसम्म २५ हजार एक सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ । चार हजार चार सय ६ को पिसिआर र बाँकीको आरडिटी विधिबाट परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए।

नेपालगन्ज नाका हुँदै भारतबाट फर्किएका नेपालीलाई स्वास्थ्य परीक्षण नगरी सम्बन्धित जिल्ला पठाउन थालिएको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको छ । यसअघि भारतबाट आउने नेपालीको तापक्रम नापेर मात्रै नेपाल भित्र्याउने गरिएको थियो ।

आइतबार दिनभर बेलहिया नाका व्यस्त रह्यो । नेपाली सुरक्षा निकाय भारतबाट फर्केका आफ्ना नागरिक ल्याउन र भारतीय सुरक्षाकर्मी आफ्ना नागरिक लैजान सक्रिय रहे । तर, आउने–जाने कसैको पनि स्वास्थ्य परीक्षण भने गरिएन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्कबहादुर खत्रीका अनुसार आइतबार हजारभन्दा बढी नेपाली आएका छन् । त्यस्तै, नेपालमा रहेका ६ सयभन्दा बढी भारतीय फर्किएका छन् । ‘आउने क्रम अझै रोकिएको छैन,’ उनले भने । सिमानामा सेनिटाइज गरेर मात्र स्वदेश भित्र्याएको उनले बताए।

रोजगारीका लागि भारतका विभिन्न सहर गएका सात सय ८९ जना पछिल्लो एक सातामा सप्तरी फर्किएका छन् । भारतमा कोरोनाको जोखिमका कारण बन्द गरिएको रेलसेवा पुनः सुरु भएपछि नेपाल प्रवेश गर्नेको संख्या बढ्न थालेको छ ।

आइतबार मात्रै विभिन्न नाका हुँदै ६ महिलासहित ६८ जना प्रवेश गरेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । भारतबाट फर्किएका सबैलाई घरनजिक पर्ने ३३ वटा क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com