Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भारतमा अलपत्र परेका भन्छन्ः आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस् ?

  • हेमन्त केसी
  • ६ वर्ष अगाडि

जाजरकोट । “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र ?” यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का बिर्खबहादुर खत्रीको ।

उहाँ अहिले जनपद चमौली उत्तरखण्ड धराली भारतमा हुनुहुन्छ । आफूहरुको गुहार सुन्ने कोही नभएको भन्दै खत्रीेले टेलिफोनमार्फत राससलाई भन्नुभयो । “४७ जना गाउँले तीनवटा कोठामा बन्दी जस्तै जीवन बताइरहेको छौँ”, अर्का देवबहादुर बस्नेतले रुँदै भन्नुभयो, “बाहिर आए भारतीय प्रहरीले लाठीले हिर्काउँछ, कोठामा खाने खाद्यान्न सकिएको छ ।” “४१ दिनसम्म कमाएको पैसा सबै खाएर सकियो, राहत कसैले दिँदैन कसरी बाँच्ने हामीलाई उद्धार गर्नुप¥र्यो”, उहाँले भन्नुभयो ।

पीडा र बेदनाका बीचमा कामविहीन भएका ४७ जना छेडागाड नगरपालिकाका नागरिक रुँदै कराउँदै उद्धारका लागि याचना गरिरहेका छन् । दैनिक घर परिवारले फोनमा कुरा गर्दा कस्तो छ ? के छ ? भनी सोध्दा, सधैँ ढाँटेर हामीलाई राम्रो छ । चिन्ता नलिनु भन्दै आश्वस्त पार्ने काम गरिरहेको समेत सिंर्गे कामीले बताउनुभयो । “घरमा ऋण थियो, तिर्नका लागि सुत्केरी श्रीमतीलाई छाडेर कालापार आइयो, यहाँ पनि मरिन्छ कि, बाँचिन्छ थाहा छैन”, कामीले भन्नुभयो । गरिबलाई जहाँ आए पनि पीडा र दुःखमात्र हुँदोरहेछ, कतै कोरोना लागेर हामी पनि कुकुर मरेझैँ हुन्छौँ कि भन्ने चिन्ता लाग्छ, कामीले थप्नुभयो ।

अभाव र बाध्यताको बीचमा हुर्किएको कर्म जहाँ गए पनि ठक्करमात्र खान्छ कुनै बेला मरिहालौँ कि जस्तो पनि लाग्छ तर घरमा सानो छोरीलाई आँखा अगाडि झलझल सम्झिन्छु, अनि बाँच्न मन लाग्छ तुलवीर चदाराले फोनमा रुँदै भन्नुभयो । हामीलाई सरकारले छिटो उद्धार गर्नुप¥र्यो, हाम्रो एउटै सपना अब घर पुगेर आफ्नै भूमिमा इलम गरेर खाने हो चदाराले भन्नुभयो । दैनिक घरपरिवारसँग ढाँटेर कति दिन अर्काको भूमिमा बस्ने ? नेपालमा परिवार चिन्तामा छन्, यता हामी चिन्तामा छौँ मनबहादुर लुहारले भन्नुभयो ।

सरकारसम्म हाम्रा कुरा सुनाएर उद्धार गर्ने वातारण सिर्जना गर्नसमेत उनीहरुको आग्रह छ । हिँडेर पनि आउन सक्ने अवस्था नहुँदा आफूहरु त्यहाँ बस्न बाध्य भएको उनीहरुले बताएका छन् । पहिलेको जस्तो राम्रो व्यवहार भारतीयको आजभोलि नभएको समेत उनीहरुले बताएका छन् । खाना नपाएर मर्नुपर्ने अवस्था आउन थालेको समेत पीडा उनीहरु सुनाउँछन् । जाजरकोटबाट मात्र प्रत्येक वर्ष कमाइका लागि भारतका विभिन्न ठाउँमा सयौँ मानिस जाने गर्छन् ।

गाउँमा रोजगारीको सम्भावना नभएपछि अर्कैलाई भाडा तिर्न लगाएर भारत पुगेको सयौँ सर्वसाधारण लकडाउनका कारण कमाएको जति खाँदा भाडासमेत नपाएर अलपत्र परेको बताएका छन् । रोजगारीका लागि ४०० भन्दा बढी जाजरकोटवासी भारतलगायत मुलुकमा पुगेको तथ्याङ्क रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै धेरै नागरिक आइरहेको खबर छ । यता सङ्घीय सरकारका वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतलाई अलपत्र परेका नागरिकलाई उद्धार तथा समन्वय गर्न जिम्मेवारी दिइएको छ । अहिले जिल्लामा आएका सबैलाई क्वारेन्टिनमा राखेर कोरोना जाँचको तयारी रहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जेठ १ गतेदेखि शनिबारसम्म बबई नाका भएर भारतबाट चार हजार ३३६ व्यक्ति कर्णालीका विभिन्न जिल्लामा प्रवेश गरेका छन् । सबैभन्दा बढी दैलेखका दुई हजार २४४ जना आएका छन् । सुर्खेतका ९१४, सल्यानका ७२०, जाजरकोटका १२४, कालीकोटका १२३, रुकुम पश्चिमका १०८, जुम्लाका ५० र मुगुका ४५ जना नेपाल भित्रिएको कार्यालयको भनाइ छ । अझै भारतबाट करिब २५ हजार व्यक्ति फर्किने अनुमानसहित सुरक्षा र व्यवस्थापनको तयारी गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

दैलेखमा अहिले एक हजार ७९ जनामात्र क्वारेन्टिनमा बसिरहेका छन् । सुर्खेतका स्थानीय तहका क्वारेन्टिनमा ८०० र प्रादेशिक क्वारेन्टिनमा ७८ जना बसिरहेका छन् । सल्यानमा ७२० भारतबाट आएका भएपनि अहिले ५२५ जना सामुदायिक क्वारेन्टिनमा बसिरहेका छन् ।

यो प्रदेशमा २७ कोरोना विशेष उपचार केन्द्रमा ५४० आइसोलेशन श्यया रहेका छन् । त्यस्तै अस्पतालमा १५१ कोरोना विशेष श्यया, १७ भेन्टिलेटर तथा ४० आइसियु श्यया रहेका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

बागलुङले पायो दुई मन्त्री

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com