Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लकडाउनको बेला घरमै बसेर पढेको सम्झिने १० तरिका

  • ६ वर्ष अगाडि

१.अन्डरलाइन गरेर पढ्ने
कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ ।

२. आफ्नो नोट आफैँ बनाउने
धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधी सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

३. लेख्ने पूर्वाभ्यास
पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटी अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

४. सर्टकट बनाएर पढ्ने
कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।

५. प्रयोगात्मकमा ध्यान दिने
पढ्ने विषय पूरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ तपाईं नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरुले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।

६. प्रश्नोत्तर गर्ने
साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरुमा हुन्न ।सानो टिम बनाउनुस्, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।

७. साथीहरुसँग पर्याप्त छलफल गर्ने
पढ्दापढ्दै कुनै टपिक्स बुझिदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचीको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्राया विषय समेत सहज बन्छन् ।

८. सिम्बोल दिने
पढेका कुरालाई याद गर्नलाई संकेत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।

९. टाइमटेबल बनाउने
बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।

१०. चार्ट बनाएर पढ्ने
धेरैजसो पढाइमा टप गरेका ब्यक्तिको पढाई शैली हेर्दा उनीहरुले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । जस्तै करबारे पढ्दै हुनुहुन्छ भने करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।

स्रोत : Mgoconqr

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com