Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रुघा लागेर हैरान हुनुहुन्छ? यसरी भगाउनुहोस !

  • ६ वर्ष अगाडि

मौसम परिवर्तन हुँदैछ। रुघा-खोकी सहजै फैलिन सक्छ। अझ बच्चाहरु बढी रुघाग्रस्त हुने गर्छन्। रुघाको लागि जति औषधी सेवन गरिन्छ, त्यति नै यसले पछिसम्म सताइरहन्छ। तर जति नै औषधी खाएपछि एक निश्चित समय नआएसम्म रुघा सञ्चो भइहाल्दैन। त्यसैले सबैभन्दा उत्तम उपाय नै खानेकुरामा ध्यान दिने हो।

तरल खानेकुराः रुघा विरुद्ध हतियार

जब रुघा लाग्छ, तब शरिर त्यसविरुद्ध लड्न थाल्छ। त्यसैले यो बखत शरिरलाई पर्याप्त क्यालोरी भएका खानेकुरा जरुरी हुन्छ, ताकी मेटाबोलिजम उच्च राख्न सहयोग पुगोस् र रुघा चाडै सञ्चो होस्।

रुघाको असर कम गर्ने सबैभन्दा पुरानो उपाय हो, शरिरमा पानीको मात्रा कम हुन नदिने। पर्याप्त तरल पदार्थ पिउने। पसिनाबाट गइरहेको पानीको मात्रा चिसो वा तातो तरल पदार्थ सेवनले शरिमा परिपूर्ति गर्छ। सुप लगायतका तातो चिज पिउँदा नाकमा सिंगान जम्न कम हुन्छ, खकार, सिगांन पातलको बनाउँछ, घाँटी र स्वासनली थुनिन पाउँदैन। सिगांन जति पातलो हुन्छ, त्यति नै बाहिर निकाल्न सजिलो हुन्छ।

रुघाले स्वासनलीको माथील्लो भाग देखि नाकसम्मको बाटो सुख्खा बनाउँछ। तातो पदार्थ सेवन गर्दा यो क्षेत्रको आद्रता कायम रहन्छ। साथै घाँटीमा भएको असर पनि कम गराउँछ।

के खाने?

रुघाको भाइरस विरुद्ध लड्न यो समय पर्याप्त पोषिलो खानेकुरा जरुरी हुन्छ। यहाँ केही टिप्सहरु छन।

१. पर्याप्त प्रोटिन भएका खानेकुराहरु खानुस्। जस्तै उसिनेको अण्डा, सुप, मासुको झोल, तरकारी आदी। गाँजर, सुन्तला जस्ता फलफुलले पनि प्रोटिन, ओमेगा ३ फ्याटी एसिड, भिटामिन ए, सी, इ, आइरनको परिपूर्ती गर्छ जसले शरिरको रोग प्रतिरोध क्षमता बलियो बनाउन मद्धत गर्छ।

२. फलफुलको जुस लगायत हरिया तरकारीहरु खानुस्। यसमा हुने एन्टीअक्सिडेन्टहरुले रुघाको भाइरसविरुद्ध लड्न मद्धत गर्छ।

३. भिटामिन सी पाइने फलफुल खानुस्। स्ट्रबेरी, सुन्तला, किवी भिटामिन सी को राम्रो स्रोत हो।

४. पर्याप्त चिया पिउनुस्। मह, अदुवा, बेसार राखेर पिउनुस्। अझ ग्री-टि सबैभन्दा उपयुक्त हुन्छ।

५. महले रुघा घटाउने काम गर्छ। तुलसीको पातको जुस र बेसारमा बिसाएर एक चम्मा मह बिहान बेलुका खानेगर्नुस्। यो निकै पुरानो उपाय हो। नयाँ अध्ययनहरुले पनि यसको सेवन निकै फलदायी हुने देखाएको छ।

घाम

बिहानको सूर्यको प्रकाशमा बस्नुस्। यसको तातोको मज्जा मात्र होइन, शरिरलाई चाहिने भिटामिन डीको झण्डै ८० प्रतिशत बिहानको सूर्यको प्रकाशमा बस्नाले पाइन्छ। भिटामिन डी ले हाडको स्वास्थ्य ठिक राख्ने मात्र होइन रोग प्रतिरोध क्षमता बढाउने, हर्मोन ब्यालेन्स गर्ने, मुड ठिक राख्ने आदि गर्दछ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com