Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लकडाउनमा साइकल सरररर

  • ६ वर्ष अगाडि

चितवन । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्नुहुन्छ । भरतपुर महानगरपालिका–११ का उहाँहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम्दा कहिले काही १ घण्टा ३० मिनेट पनि लाग्ने गर्दछ । अरु साथी पनि थपिने गरेका छन् ।

लकडाउनसँगै शारीरिक तन्दुरुस्तीका लागि व्यायाम गर्न उहाँहरुले साइकल यात्रा गर्न थाल्नुभएको हो । गियर र ब्राण्डेट साइकल चढेर हिँड्नेको सङ्ख्या लकडाउनसँगै बढेको छ । लकडाउनमा घरमा बस्दा मोटोपन बढ्ने र रोगको खतार भएसँगै साइकल यात्रा गर्नेहरुको सङ्ख्या बढेर गएको हो ।

लकडाउनमा साइकल चलाउँदा रोकतोक नहुने र शारीरिक अभ्यास राम्रो हुने भएकाले नियमित साइकल चलाउने बढेका हुन । यससँगै साइकलको व्यापार पनि बढेको छ । बजारमा साधारणको तुलनामा सौखिन खालका साइकल निकै बिक्री हुने गरेका छन् । साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका निवर्तमान अध्यक्ष धर्मराज सापकोटा जेठ महिनामा मात्र चितवनमा ९०० हाराहारी साइकल बिकेको बताउनुहुन्छ ।

चितवन र नवलपुर जिल्लामा साना ठूला गरी ५०० हाराहारी साइकल पसल छन् । ती पसलबाट साधारण र विभिन्न ब्राण्डका गियरवाला साइकल बिक्री हुने गरेका छन् । व्यवसायीका अनुसार यहाँको बजारमा रु ६ हजार ५०० देखि दुई लाख ५० हजारसम्मका साइकल बिक्ने गरेका छन् । सापकोटाको भनाइमा सबैभन्दा बढी रु ४० हजार देखि ७० हजारसम्मका साइकल अहिले बिक्री हुने गरेका छन् । सङ्घका अध्यक्ष श्यामप्रसाद खरेल शारीरिक तन्दुरुस्तीका लागि साइकल किन्नेहरु बढेको बताउनुहुन्छ । उहाँका अनुसार कृषक, मजदुर, विद्यार्थी, बालबालिकाले किन्ने साइकल बिक्री भएका छैनन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी साइकल चलाउनु व्यायाम मध्येको राम्रो हो भन्नुहुन्छ । यसले मानसिक र शारीरिक दुवै तन्दुरुस्त गर्न सहयोग पु¥याउने उहाँको भनाइ छ । स्थानीय सरकारले फराकिला सडकमा साइकल लेन बनाउन शुरु गरेका छन् । भरतपुर महानगरपालिकाले हालै मात्र दुई वटा सडकमा साइकल लेन बनाउँदै छ ।

साइकल आवश्यकतादेखि सोखिनसम्मको चाहना बन्ने गरेको छ । यस जिल्लामा साइकल नजान्नेहरु कम हुने गर्दछन् । बालबालिकादेखि वृद्धवृद्धासम्मले यहाँ साइकल चलाउने गर्दछन् । पहिले पहिले विवाहमा दाइजो साइकल दिने गरिन्थ्यो । त्यो क्रम भने घटेर गएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com