Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

लकडाउनमा साइकल सरररर

  • ३ वर्ष अगाडि

चितवन । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्नुहुन्छ । भरतपुर महानगरपालिका–११ का उहाँहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम्दा कहिले काही १ घण्टा ३० मिनेट पनि लाग्ने गर्दछ । अरु साथी पनि थपिने गरेका छन् ।

लकडाउनसँगै शारीरिक तन्दुरुस्तीका लागि व्यायाम गर्न उहाँहरुले साइकल यात्रा गर्न थाल्नुभएको हो । गियर र ब्राण्डेट साइकल चढेर हिँड्नेको सङ्ख्या लकडाउनसँगै बढेको छ । लकडाउनमा घरमा बस्दा मोटोपन बढ्ने र रोगको खतार भएसँगै साइकल यात्रा गर्नेहरुको सङ्ख्या बढेर गएको हो ।

लकडाउनमा साइकल चलाउँदा रोकतोक नहुने र शारीरिक अभ्यास राम्रो हुने भएकाले नियमित साइकल चलाउने बढेका हुन । यससँगै साइकलको व्यापार पनि बढेको छ । बजारमा साधारणको तुलनामा सौखिन खालका साइकल निकै बिक्री हुने गरेका छन् । साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका निवर्तमान अध्यक्ष धर्मराज सापकोटा जेठ महिनामा मात्र चितवनमा ९०० हाराहारी साइकल बिकेको बताउनुहुन्छ ।

चितवन र नवलपुर जिल्लामा साना ठूला गरी ५०० हाराहारी साइकल पसल छन् । ती पसलबाट साधारण र विभिन्न ब्राण्डका गियरवाला साइकल बिक्री हुने गरेका छन् । व्यवसायीका अनुसार यहाँको बजारमा रु ६ हजार ५०० देखि दुई लाख ५० हजारसम्मका साइकल बिक्ने गरेका छन् । सापकोटाको भनाइमा सबैभन्दा बढी रु ४० हजार देखि ७० हजारसम्मका साइकल अहिले बिक्री हुने गरेका छन् । सङ्घका अध्यक्ष श्यामप्रसाद खरेल शारीरिक तन्दुरुस्तीका लागि साइकल किन्नेहरु बढेको बताउनुहुन्छ । उहाँका अनुसार कृषक, मजदुर, विद्यार्थी, बालबालिकाले किन्ने साइकल बिक्री भएका छैनन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी साइकल चलाउनु व्यायाम मध्येको राम्रो हो भन्नुहुन्छ । यसले मानसिक र शारीरिक दुवै तन्दुरुस्त गर्न सहयोग पु¥याउने उहाँको भनाइ छ । स्थानीय सरकारले फराकिला सडकमा साइकल लेन बनाउन शुरु गरेका छन् । भरतपुर महानगरपालिकाले हालै मात्र दुई वटा सडकमा साइकल लेन बनाउँदै छ ।

साइकल आवश्यकतादेखि सोखिनसम्मको चाहना बन्ने गरेको छ । यस जिल्लामा साइकल नजान्नेहरु कम हुने गर्दछन् । बालबालिकादेखि वृद्धवृद्धासम्मले यहाँ साइकल चलाउने गर्दछन् । पहिले पहिले विवाहमा दाइजो साइकल दिने गरिन्थ्यो । त्यो क्रम भने घटेर गएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki