Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा भारतबाट साढे सात हजार भित्रिए

  • ६ वर्ष अगाडि

पोखरा, जेठ २६ गते । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन देशभर गरिएको बन्दाबन्दीको समयमा भारतबाट सात हजार बढी मानिस गण्डकी प्रदेशमा प्रवेश गरेका छन् । रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा पुगेका मानिस बन्दाबन्दीकै समयमा गण्डकी प्रदेशमा प्रवेश गरेका हुन् ।

बन्दाबन्दीकै बीचमा भारत सरकारले रेल सेवा सञ्चालन गरेपछि विभिन्न शहरहरुमा पुगेका नेपाल भारत सिमामा आइ स्थानीय तहको सम्पर्कमा जिल्ला प्रवेश गरेका थिए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेशसभाको बैठकमा बैशाख ३१ गतेदेखि जेठ २५ गतेसम्म सात हजार ५९ जना र तेस्रो मुलुकबाट २८ जना गण्डकी प्रदेशमा प्रवेश गरेको जानकारी दिनुभएको थियो ।

नेपाल भारत सिमामा आइपुगेकालाई स्थानीय प्रशासनको समन्वयमा स्थानीय तहको क्वारेन्टाइनमा राख्नेगरी जिल्ला भित्राइएको थियो । ति सबै क्वारेन्टाइनमा बसेकाले अहिले गण्डकी प्रदेशका सबै क्वारेन्टाइनहरु भरिभराउ बनेको मन्त्री चुमानले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री चुमानले स्थानीय स्तरमा क्वारेन्टाइन, आइसुलेसन, एम्बुलेन्सलगायतको व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले बजेट समेत पठाएको जानकारी दिनुभयो ।

मन्त्री चुमानले गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँगको सहकार्यमा कोरोना भाइरस कोभिड १९ को जोखिम न्युनिकरणका लागि पूर्व तयारी र प्रतिकार्यका लागि १५–१५ लाख रुपियाँ पठाइएको र पछिल्लो पटक स्याङ्जालाई १५, नवलपुर, तनहुँ, कास्की र बागलुङलाई १०–१० लाख र अन्य जिल्लालाई पाँच–पाँच लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयलाई पठाइएको उक्त रकम क्वारेन्टाइन निर्माण, गृह अनुगमन, सिमा चेकजाँच, आधारभूत स्वास्थ्य सामग्रीको खरिद, सुरक्षाकर्मी परिचालन लगायतमा खर्च हुने जनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार बागलुङमा एक हजार ७१३ जना, नवलपुरमा एक हजार ४१९, तनहुँमा एक हजार २८५, स्याङ्जामा एक हजार १११, पर्वतमा ४८१, गोरखामा २५०, कास्कीमा २१८, म्याग्दीमा १४३, लमजुङमा १२२ र मनाङ र मुस्ताङमा १÷१ जना भारतबाट भित्रिएका छन् । यस्तै गण्डकी प्रदेशमा एक हजार ६५८ जना तेस्रो मुलुकबाट भित्रिएका थिए । मन्त्रालयका अनुसार कास्कीमा ७४४, स्याङ्जामा १२०, बागलुङमा १९८, गोरखामा १६८, लमजुङमा १०९, म्याग्दीमा ८७, तनहुँमा ७४, पर्वतमा ६८ र नवलपुरमा ६० जना भित्रिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com