Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अभिनेता सुशान्त पछिल्लो केही समयदेखि डिप्रेसनमा थिए

  • ६ वर्ष अगाडि

एजेन्सी । यतिबेला अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्तब्ध छ । सबैले उनको आत्मत्याको कारणबारे विभिन्न अड्कल काटिरहेका छन् । भने मुम्बई प्रहरीले उनको आत्महत्याबारे छानबिन गरिरहेको छ ।

तर, मुम्बई प्रहरीले छानबिनका क्रममा घटनास्थलबाट कुनै सुसाइड नोट नभेटिएको बताएको छ । जसका कारण सुशान्तको आत्महत्या एक रहस्य नै बनिरहेको छ ।

प्रहरीलाई एक गोप्य सोर्सले दिएको जानकारी अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेसनमा थिए । यस्तै सुशान्तका साथीहरूले पनि उनी डिप्रेसनमा भएको स्वीकारेका छन् । उनका साथीहरूले सुशान्तको विगतसँग सम्बन्धित केही कुरा पनि बताएका छन् । खबरका अनुसार सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखन्डेको गत सातामात्रै एक व्यापारीसँग बिहेको छिनोफानो भएको थियो ।

सुशान्त र अंकिता लामो समयको प्रेम सम्बन्धपछि छुटिएका हुन् । खबरका अनुसार सुशान्त बलिउड प्रवेश गरेसँगै उनीहरूको सम्बन्धमा दूरी आउन थालेको थियो । सुन्नमा यो पनि आएको थियो कि अंकितालाई सुशान्तले चलचित्रमा गर्ने चुम्बनका दृश्यहरूप्रति आपत्ति थियो । जसका कारण उनीहरूबीच झगडा बढ्दै गयो र अन्ततः सम्बन्ध टुट्यो ।

५ दिन अघिमात्रै आत्महत्या गरेकी भनिएकी उनकी म्यानेजर दिशा सालियनको अनुसन्धानका क्रममा सुशान्तसँग पनि सोधपुछ गरिएको थियो । प्रहरीलाई दिएको जानकारीअनुसार सुशान्तको आत्महत्या हुँदा उनका साथीहरू पनि उनकै घरमा थिए । साथीहरू घरमै भए पनि सुशान्त उनीहरूसँग नबसी केही समयदेखि एक्लै कोठामा बसिरहेका थिए ।

तर लामो समयसम्म कोठा बाहिर नआएपछि साथीहरूले सुशान्तलाई लगातार फोन गर्न थाले । तर फोन नउठेपछि कोठाको ढोका फोरेर भित्र गएका थिए । जहाँ झुन्डिएको अवस्थामा उनको शव फेला पर्‍यो । घटनापछि उनको घरका कामदारले मुम्बई प्रहरीलाई जानकारी दिएका हुन् ।
(नवभारत टाइम्स)

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’, कमाइसक्यो ३२७ करोड

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ? यसकारण छैन दाजुभाई बिच सबन्ध

महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै, गरिन फिल्मका लागि साइन

पत्रकार बिक्रम सुनार र प्रिति आलेको ‘निगाली झाँपो’ सार्वजनिक (भिडिओ सहित)

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ मा संवादको डबिङ

आदर्श कप जेठ १३ गते देखि १६ गते सम्म हुने

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com