Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु

  • ६ वर्ष अगाडि

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६१ लाख ६२ हजार ४६३ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख १४ हजार १५४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ८७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ३७ हजार १८९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३१ हजार ४८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २३ लाख ६३ हजार ७२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८९ हजार ३८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख १५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७२ हजार ७८४ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ४१ हजार ६३६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार ५९६ को मृत्यु भएको छ । एसिया २४ लाख २७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ९९८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ३५ हजार ६०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ६८३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ७०८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।एएफपी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

ताजा समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com