Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

  • ३ वर्ष अगाडि

सानफ्रान्सिस्को । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए ।

ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका कर्मचारीका अकाउन्ट ह्याक गरी आन्तरिक प्रणालीमा पहुँच हासिल गर्ने प्रयास गरेका थिए ।

साथै एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरु धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्टबाट बिट्क्वाइन नामको क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी ट्वीट गरिएको थियो ।

ट्वीटरले भनेको छ, “केही व्यक्तिले हाम्रा कर्मचारीका अकाउन्ट ह्याक गरी ट्वीटरको आन्तरिक प्रणालीमा पहुँच हासिल गरेका र यो संगठित सामाजिक इन्जिनियरिङ आक्रमण हो भन्ने हामीले विश्वास लिएका छौं ।”

आक्रमणकारीले उच्चपदस्थ र सामाजिक रुपमा सुपरिचित व्यक्तिका अकाउन्ट ह्याक गरेर पहुँच बनाउन खोजेको ट्वीटरको भनाई छ । ह्याकरले अरु के कस्ता बदमासी गरेका छन् वा सूचनामा के कस्तो पहुँच कायम गरेका छन् भन्ने बारेमा हामी खोजी गरिरहेका छौं, ट्वीटरले भनेको छ ।

ह्याक गरिएका व्यक्तिका अकाउन्टबाट बिट्क्वाइनको कारोबार गर्दा दोब्बर फाइदा पुग्ने जस्ता सन्देशहरु प्रवाह भएका थिए । ३० मिनेटभित्र १,००० डलरको एउटा बिट्क्वाइन खरिद गरे दोब्बर रकम पाइने भन्दै अरु मानिसलाई इमेल समेत पठाइएका थिए ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले एक ट्वीट गर्दै ट्वीटरमा यो दिन निकै कठिनाइपूर्ण रहेको बताउनु भएको छ । उहाँले यस घटनाका बारेमा तथ्यहरुको जाँच गरिसकेपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने पनि जानकारी गराउनु भएको छ ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी अभियानले ह्याक भएको बाइडेनको अकाउन्ट बन्द गरेको जनाएको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता भने ह्याक गरिएको छैन । उहाँका करिब आठ करोड ३० लाख फलोअर्स छन् ।

अमेरिकी सञ्चार माध्यम भाइसले ट्वीटरका कर्मचारीकै लापरवाहीका कारण ह्याकरहरु ट्वीटरको आन्तरिक प्रणालीमा प्रवेश गरेको बताएको छ । ह्याकिङमा संलग्न रहेको दाबी गर्ने एक व्यक्तिले आफूहरुले ट्वीटरका कर्मचारीलाई रकम दिएको बताएका छन् ।

साइबर–सुरक्षासँग सम्बन्धित कार्य गर्ने सोसलप्रुफसेक्युरिटीले पनि ट्वीटरका कर्मचारीको प्रशासनिक पहुँचलाई ह्याकरले प्रयोग गरेको बताएको छ ।

यसैबीच, बिट–टोरेन्टका कार्यकारी प्रमुख जस्टिन सनलाई ट्वीटरका ह्याकरलाई कानुनी कठघरामा ल्याए १० लाख अमेरिकी डलर पुरस्कार दिइने प्रस्ताव गरिएको खबर सार्वजनिक भएको छ ।
ट्वीटरमाथि विगतमा पनि ह्याकरहरुले आक्रमणको प्रयास गरेका थिए ।

मार्च २०१७ मा एम्नेस्टी इन्टरनेसनल, फ्रान्सेली अर्थ मन्त्रालय र बिबिसीको उत्तर अमेरिकी सेवाका अकाउन्टहरु ह्याक गरिएका थिए । यी ह्याकरहरु टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानका समर्थक रहेको विश्वास गरिएको थियो ।

गत अगस्टमा पनि ट्वीटरका संस्थापक डोर्सेको निजी अकाउन्टबाट उहाँको जानकारी बेगर नै गलत एवं भ्रामक सन्देशहरु शृंखलाबद्ध रुपमा प्रवाहित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सुरक्षा कारबाहीका छ जना आईएस लडाकु मारिए

जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

खानी भत्किँदा चीनमा चार जनाको मृत्यु, ४९ बेपत्ता, उद्धारकार्य जारी

माली विस्फोटन ः नेपाली सैनिक सुरक्षित

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com