Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सुनको मूल्यमा नयाँ रेकर्ड

  • ६ वर्ष अगाडि

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार डेढ महिनामा सुनको मूल्य झण्डै रु आठ हजार ४०० ले वृद्धि भएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु २२५ ले वृद्धि भएको छ ।

बन्दाबन्दीकै अवधिमा गत जेठ २५ गते महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ८७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार ६९० तथा चाँदीको मूल्य प्रतितोला रु ९३५ तोकेको थियो । कोभिड–१९ को फैलावट रोक्न सरकारले गत चैत ११ देखि बन्दाबन्दीको घोषणा गरेपछि महासङ्घले सुनचाँदीको मूल्य निर्धारण गर्न बन्द गरेको थियो । बन्दाबन्दी केही खुकुलो भएसँगै गत जेठ २५ देखि महासङ्घले दैनिक मूल्य तोक्दै आएको छ ।

महासङ्घका अनुसार आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल र तेजाबी सुन प्रतितोला रु एक हजार ३०० ले वृद्धि भएको छ । चाँदीको मूल्य भने सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीमा प्रतितोला रु ५ वृद्धि भएको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ८००, तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३६५ र चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ९०१ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताउनुभयो ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार भने ठप्प भएको छ । “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो”, उहाँले भन्नुभयो । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उहाँले बताउनुभयो । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 
जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 
बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न
बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com