एजेन्सी । आधुनिक समयमा बढ्दो प्रदूषण, गलत खानपान, खराब दिनचर्या र तनावका कारण कपालमा समस्या सामान्य झैं बनेको छ।
विशेषज्ञहरूका अनुसार भिटामिन ‘सी’ को कमीले कपाल चाँडो फुल्ने गर्छ। चाँडो झर्छ पनि सुरु हुन्छ। यद्यपि, कुनैमा यो समस्या अनुवांशिक कारण पनि हुन सक्छ। यदि तपाईँ कपाललाई यी समस्याबाट टाढा राख्न चाहनुहुन्छ भने यी चिजको प्रयोग गर्नुस्।
यसबाट तपाईँको कपाल बाक्लो, कालो अनि मुलायम हुन्छन्।
अमलाको सेवन
अमलामा भिटामिन ‘सी’ अधिक हुन्छ। विशेषज्ञहरू भिटामिन ‘सी’ को कमीले कपाल चाँडो फुल्ने गर्छ। चाँडो झर्छ पनि सुरु हुन्छ। यसका लागि अमलाको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अमलाको रस कपालमा पनि लगाउन सक्नुहुन्छ। यसबाट कपाललाई पोषण प्राप्त हुन्छ। जसबाट कपालको समस्याबाट मुक्ति मिल्न सक्छ।
मेथी पनि लाभदायी
मेथीमा प्रोटिन र निकोटिनिक एसिड पाइन्छ। जुन कपालका लागि फाइदाजनक हुन्छ।
यसका लागि मेथीका दाना पिसेर पेस्ट बनाउनुस् र कपालमा लगाउनुस्। कपाल सुकेपछि सफा पानीले धुनुस्। हप्तामा दुई पटक यो विधि प्रयोग गर्न सकिन्छ।
अरन्डीको तेल फाइदाजनक
यो तेल कयौं प्रकारका रोगको औषधिका लागि प्रयोग हुन्छ। साथै कपाल लामो, कालो र घना बनाउन पनि लाभदायी हुन्छ। यसका लागि दुई चम्चा तेल तातो गर्नुस्। तातो तेलमा आधा चम्चा कागतीको रस मिसाउनुस्। त्यसपछि दुबैको मिश्रणबाट कपाल मालिस गर्नुस्। हरेक दिन राति सुत्नु अघि मिश्रणले मालिस गर्नुस् र बिहान कपाल धुनुस्।