बलिउड अभिनेत्री काजलको विवाह

मुम्बई । बलिउड अभिनेत्री काजल अग्रवाल प्रेमी गौतम किचलुसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

काजलको विवाह मुम्बईको ताज होटलमा भएको हो । कोरोना भाइरसको महामारीका कारण विवाहमा सानो जमघट थियो । यसैबीच काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ । सो तस्बिरमा काजलले रातो रङको लेहंगा, शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छन् ।

३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’बाट डेब्यु गरेकी थिइन् । उनी सन् २००७ मा पहिलो तेलुगु फिल्म ‘लक्ष्मी कल्याणम’मा देखिएकी थिइन् । सन् २००९ मा आएको तेलुगु फिल्म ‘मगधिरा’ले उनको करिअरलाई उचाइमा पुर्‍यायो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार