टान अध्यक्षमा सुशील पौडेल सर्वसम्मत

पोखरा, कात्तिक १९ । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चल अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन हुनुभएको छ । टान पश्चिमाञ्चलको बुधबार भएको सोह्रौं अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध चयन हुनुभयो भने सहसचिवमा रेशव अधिकारी र कोषाध्यक्ष्ँमा किसमकुमारी गुरुङ चयन हुनुभएको छ । अधिवेशनले सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार