बङ्गलादेशमा कोरोना सङ्क्रमितको संख्या ४ लाख २८ हजार भन्दा बढी

ढाका, कार्तिक २८ गते । बङ्गलादेशमा गत २४ घण्टामा १ हजार ७६७ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २८ हजार ९६५ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।

गत २४ घण्टामा यस सङ्क्रमणको कारण यहाँ १९ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ६ हजार १५९ पुगेको छ । गत २४ घण्टामा बङ्गलादेशमा १३ हजार ५३९ जनाको कोरोना भाइरस सङ्क्रमण भए नभएको परिक्षण गरिएको पनि उक्त स्रोतले जानकारी दिएको छ ।

बङ्गलादेशमा शुक्रबार १ हजार ५१९ जना कोरोना भाइरस मुक्त भएकासहित हालसम्म ३ लाख ४६ हजार ३८७ जना कोरोना भाइरस मुक्त भएका छन् ।

यहाँ गत जुलाई २ का दिनमा हालसम्म उच्च संख्या ४ हजार १९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । यसैगरी गत जुन ३० मा कोरोना भाइरस सङ्क्रमणबाट ६४ जनाको मृत्यु भएको थियो । यो बङ्गलादेशमा कोरोना भाइरस शुरु भएतयाकै मृतकको उच्च संख्या हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार