एकै दिन भारतमा थपिए चार लाख १४ हजार संक्रमित

काठमाडौं । भारतमा कोरोना कहर जारी छ। दिनप्रतिदिन संक्रमित र मृतकको संख्याले नयाँ कीर्तिमान राखिरहेको छ।

यसैबीच पछिल्लो चौबिस घण्टामा भारतमा ४ लाख १४ हजार १८८ संक्रमित थपिएका छन्।

योअवधिमा ३ हजार ९१५ जना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३६ लाख ४५ हजार १६४ छ।

कुल मृतकको संख्या २ लाख ३४ हजार भन्दा धेरै रहेको भारतमा दुई करोड १४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार