Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

समयमै मल पाउँदा किसान खुसी, उत्पादन वृद्धि हुने आशा

  • ५ वर्ष अगाडि

दैलेख, भदौ ५ गते । यस वर्ष समयमै रासायनिक मल पाउँदा दैलेख र सुर्खेतका किसानाहरू खुसी भएका छन् । विगतका वर्षहरूमा समयमै मल नपाएर सास्ती भोग्नु परेका किसानले यस वर्ष समयमै मल पाएका छन् । समयमै मल पाएपछि किसानले यस वर्ष समयमै धान गोडमेलसमेत गरेका छन् ।

दैलेखको ठाटीकाँध गाउँपालिका(२ का हितेन्द्र सुजीले यस वर्ष मल अभाव झेल्नु नपरेको सुनाए । समयमै मल पाउँदा खेतवारी गोडमेल गर्न भ्याएको उनले बताए । ुविगतका वर्षमा मलको लागि ठाउँठाउँमा धाउँदै हैरान हुन्थ्यो, यस वर्ष भने समयै मल पाइयो खुशी लागेको छ।ु उनले भने,‘यो वर्ष बजारमा मल पुगेपछि समयमै खेतवारी गोडमेल गरियो, उत्पादन पनि राम्रै होला भन्ने आशा गरेका छौं।’

यस्तै सुर्खेत वीरेन्द्रनगर –६ का पुर्णलाल चौधरीले पनि यस वर्ष समयमै मल पाएको बताए। ुविगतका वर्षमा मल नपाएर भौतारिनु पर्दथ्यो, यो वर्ष भने समयमै रासायनिक मल पाउँदा किसान सबै खुशी छौं।ु कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले यो वर्ष समयमै मल उपलब्ध गराएको छ । यो वर्ष समयमै मल पाएर समयमै खेतवारी गोड्मेल गर्न पाउदा निकै खुशी भएको वीरेन्द्रनगर(२ की रमा उपाध्याले सुनाइन् ।

‘गतसाल मल अभावले निकै भौतारिनु परेको थियो, मलको अभावमै खेतवारी गोडमेल गर्नुपरेको थियोु उनले भनिन्,ुयो वर्ष समयमै मल आउँदा निकै खुशी छौं, समयमै खेतवारीमा रासायनिक मल छर्दा उत्पादनमा पनि वृद्धि हुन्छ भन्ने आश छ ।’ साउनमा मात्र कर्णालीमा ६ सय मेट्रिकटन मल भित्रिएको छ । जसमा चार सय ८८ मेट्रिकटन युरिया, ९७ मेट्रिकटन डिएपी र २१ मेट्रिकटन पोटास गरी ६ सय मेट्रिकटन मल भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी सुन्दर केसीले जानकारी दिए ।

गत वर्ष पर्याप्त मात्रामा मल आए पनि व्यवस्थापनको पाटो नमिल्दा मल वितरणमा समस्या भएको उनले बताए ।न्युज कारखाना

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com