Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रसुवा भन्सारले भेटेन भदौमा राजस्व लक्ष्य

  • ५ वर्ष अगाडि

रसुवा, १ असोज । रसुवा भन्सार कार्यालय टिमुरेले भदौ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा राखेको लक्ष्यको ८२ दशमलव ५३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार भदौ महिनामा कार्यालयले ५० करोड ५९ लाख ८७ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, ४१ करोड ७५ लाख ४३ हजार मात्र राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८ करोड ८४ लाख ४४ हजार कम हो ।

कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्य भन्दा ७१ दशमलव ४० प्रतिशत बढी राजश्व संकलन गरेको थियो । तर, चालु आर्थिक वर्षको दोस्रो महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन ।

कोरोनाका कारण चीनले एकतर्फी नाका खोल्नु, सामग्रीको आयात कम हुनु र नाकामा आयात निर्यात सहज बन्न नसक्नुले राजस्व संकलनमा कमी आएको भन्सार प्रमुख रेग्मीले बताए ।

रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७५ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वार्षिक लक्ष्यको साउन र भदौ महिनामा १६ दशमलव ८५ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमण सुरु यता रसुवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन ।

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायत सामग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

२०७६ माघ १५ देखि गएको जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडिमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ७ देखि ९ चिनिया गाडिमै नेपाल सामान आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

चिनियाँ एउटा गाडिमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडिमा आएको सामाग्री नेपाली गाडिमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

२०७१ मङ्सिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो । तर, रसुवागढी नाका २०७२ मङ्सिर देखी पुन सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मङ्सिर देखी हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

ट्रेन्डिङ

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com