Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दसैँको सुरुवात कहिलेबाट ? टीका रातो होइन सेतो नै

  • ५ वर्ष अगाडि

काठमाडौं, २९ असोज । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ । आषाढ शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्मको समयलाई गुप्त नवरात्र भनेर व्याख्या गरिएको छ । उक्त नवरात्रको समयमा साधकहरूका लागि आफ्नो साधनासिद्ध गरि मनोकामना पूर्ण गर्न महत्त्वपूर्ण समय मानिन्छ । माघ महिनामा पर्ने नवरात्रमा सरस्वतीको साधना गरि नवरात्र सुरु भएको पाँचौँ दिनमा विशेषगरी सरस्वतीको पूजा तथा आराधर्ना गरिन्छ । त्यस्तै चैत महिनामा पर्ने नवरात्रमा सत्रुबाधा हटाउनका लागि रामको जन्म भएको मानिन्छ ।

आश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म बडादसँैका रूपमा मनाइने गरिन्छ । प्रतिपदादेखि विधिवत घटस्थापना गरि नवमी तिथिसम्म विशेष शक्तिको पूजागरेपश्चात प्रसादका रुपमा दशमी तिथिका दिन टीका र जमरा लगाउने शास्त्रीय नियम सदीयौंदेखि रहिआएको छ । शरद ऋतुमा पर्ने नवरात्र भएकाले पनि यसलाई शारदीय नवरात्रका रुपमा पनि व्याख्या गरिएको छ ।

तर, बडादसैँको टीका कहिलेदेखि लगाउन थालियो भन्ने एकीन मिति भने भेटिँदैन । भगवान् रामचन्द्र १४वर्षको वनवासका क्रममा रावणको बध गरेर अयोध्या पुगेर विजयोत्सव मनाइएको कारणले पनि यसलाई विजया दशमी पर्व भनेर भनिएको दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन् ।

उनकाअनुसार आश्विन शुक्ल दशमी तिथिका दिन तारा उदय हुने समयमा “विजय’नामक मुहूर्त परेको योग निर्माण हुन्छ । यस्तो मुहूर्तमा सर्वकार्य सिद्धिदायक हुनेहुनाले पनि विजया नाम गरेकी भगवतीको नामले नै विजया दशमी भनिएको हो । रामायणकालदेखि नै विजय प्राप्तिको आशिर्वाद स्वरुप टीका र प्रसादका रूपमा जमरा लगाउने प्रचलन चलिआएको उल्लेख रहेको उनी बताउँछन् ।

दसैँको टीका कहिलेबाट सुरुवात भएको एकीनसाथ भन्न नसकिने संस्कृतिविद् जगमान गुरुङले बताए । उनले पनि दसैँको टीका लगाउने चलन महाभारतकालीन र रामायणकालीन परम्परा रहेको भन्ने श्लोकहरूले सिद्ध गरेको बताए ।

‘भारतमा वर्षमा महाभारत र रामायणको ठूल्ठूलाहरू युद्ध भए । रामायणको युद्ध त भारत वर्षभन्दा बाहिर लंकामा भयो । ठूलो धनजनको क्षति भयो । तर, महावर्षमा त्यति प्रभाव पारेन । महाभारत युद्ध कुरु क्षेत्रमा भयो’, संस्कृतिविद् गुरुङले न्युज कारखानासँग भने, ‘रामायण युद्ध राम र रावणबीच भयो । महाभारत युद्ध त भाइभाइबीच भयो । यी युद्धले विश्व विषाक्त भयो । धेरै महिला विधुवा भए । पारिवारिक संगठन भएन । राष्ट्रिय संगठन भएन । मानिसको मनस्थितिलाई जगाउन, पारिवारिक संगठन, समाज र राष्ट्रको संगठनका लागि ऋषिमुनीहरूले महाभारत र रामायण युद्धका महापात्रका नाम स्मरण गरेर श्लोक बनाएको छ । यो श्लोकको आधारमा दसैँको टीका महाभारतकालीन र रामायणकालीन परम्परा हो भन्ने सिद्ध हुन्छ ।’

दसैँको टीका सेतो नै

विजया दशमीको दिन रातो टीका र जमरा लगाउने गरिन्छ । तर, दसैँको टीका सुरुमा सेतो लगाउने गरिएको ज्योतिष रिजाल र संस्कृतिविद् गुरुङ दुवैले बताए ।

संस्कृतिविद् गुरुङका अनुसार दसैँको टीका चामल र दहीमा मुछेर लगाउने गरिएको थियो । तर, पछि रंङ र अबिरको उपलब्धतापछि मात्रै रातो टीका लगाउन थालिएको गुरुङ बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com