Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ, ३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले पछिल्लो तीन वर्षयताकै सबैभन्दा कम राजस्व संकलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ५सय ५१ सवारीसाधनमाथि गरिएको कारबाहीबाट एक करोड छ लाख चार हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख एवम् प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीका अनुसार उक्त अवधिमा सबैभन्दा बढी कारबाही कार, जिपमा गरिएको जानकारी दिनुभएकाे छ । जस अन्तरगत ६ हजार ७०५ वटा सवारी कारबाहीमा पर्दा ५९ लाख ९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, ट्रक ९सय२२ वटा सवारी कारबाहीबाट ८ लाख ८६ हजार रुपैयाँ, बसका ६७५ वटा कारबाहीबाट ५ लाख १३ हजार रुपैयाँ, ट्याक्टरका ५सय५९ वटा कारबाहीबाट ४ लाख २४ हजार रुपैयाँ तथा मोटरसाइकलका २ हजार ५९० वटा कारबाहीबाट २० लाख ३३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी, अन्य १ हजार १०० वटा सवारीसाधनमाथि गरिएको कारबाहीबाट ८ लाख ३८ हजार रुपैयाँ राजस्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा १५ हजार ८५३ वटा सवारीसाधनबाट एक करोड ३१ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छभने आर्थिक वर्ष २०८०/८१ मा १६ हजार ३७८ वटा सवारीसाधनबाट एक करोड २१ लाख ७१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com