Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

यसरी भट्याइन्छ भैली गीत !

  • ४ वर्ष अगाडि

काठमाडौं, १७ कात्तिक । भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतीको रुपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै एकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाकाे साँझमा बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशिर्वाद दिँदै हिँड्ने चलन छ । देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन पनि छ । कतिपय स्थानमा भने अक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ ।

तिहारमा यसरी गाइन्छ भौली गीत :

भैलिनी आइन् आँगन, बढारी कुडारी राख न
हे ! औसी को बारो, गाई तिहारो भैलो ।

हरियो गोबरले  लिपेको, लक्ष्मी पूजा  गरेको
हे ! औंसीको बारो, गाई  तिहारो  भैलो ।

भैलिनी आइन् आँगन, गुनिया चोलो माँगन
हे ! औसीको बारो, गाई तिहारो भैलो ।

हामी त्यसै आएनौँ, बलि राजाले पठाको
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

अरु दिन आउने जोगिनी, आज आउने भैलेनी
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औंसीको  बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आगन, गुनिया चोलो मागन
हे ! औसीको बारो, गाई तिहारो भैलो ।

घरबेटी आमा बाल्दै छिन्, सुनको दैलो खोल्दै छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

छानामाथि घिरैला, के–के दिन्छिन् हेरौँला
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राति, भैलीका मुखमा सन्तोषी
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दैछिन्, रुपैयाँ पैसा गन्दै छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

धमिराको ताँती, हामीलाई भो राति
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तबेला, हामीलाई भयो अबेला
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

दिने भए सिधा देउ, नदिने भए बिदा देउ
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सुनको छानो
जसले दिन्छ मूरी, उसको सुनको धुरी ।

यसरी भैलीको गीत गाइसकेपछि घरका मान्छेले दिएको सेल, चामल, फलफूल, पैसा आदि समूहका नाइकेले झोलामा राखेर बिदा हुन्छन् । पछिल्लो समय देउसी भैलीमा देखिएको विकृतीले गर्दा सरकारले यसमा लगाएको अंकुशका कारण नेपाली समुदायको माैलिक सँस्कृतिको रुपमा रहेको देउसीभैलो लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षण र यसको साँस्कृतिक पाटोलाई जोगाइराख्न यसमा देखिएका विकृतीलाई बेलैमा समाधान गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

ताजा समाचार

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

ट्रेन्डिङ

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com