Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पाला बनाउने पेसा संकटमा : बजार छ, माटो छैन

  • ४ वर्ष अगाडि

भक्तपुर, १८ कात्तिक  । घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी प्रजापतीलाई हरेक वर्षको तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्छ ।

अरु समयको तुलनामा तिहारमा पालाको माग धेरै हुने भएकोले उनीसँगै उनका श्रीमान् रत्नसुन्दर प्रजापती पनि सोही काममा व्यस्त हुन्छन् । छोरा रुकेश पनि फुर्सद पाउने बित्तिकै बाआमासँगै काम गर्न पुगिहाल्छन् ।

विगतको वर्षको तुलनामा यसवर्षको तिहारमा पालाको माग धेरै भएकोले केही व्यस्त भएको प्रजापती दम्पत्ती बताउँछन् । ‘यो वर्ष पालाको माग धेरै छ । तर, थोरै मात्र बनाएका छौँ’, सीतालक्ष्मी प्रजापतीले भनिन्, ‘दसैँँ अगाडि नै माग आउँछ । अनि पाला बनाउने काम सुरु गछौँ । तर, यो वर्ष कोरोनाभाइरसबाट थलिएकाले धेरै पाला बनाउन सकेका छैनौँ ।’

प्रजापति दम्पत्तीले पुर्ख्यौली पेसाको रूपमा माटाका भाँडा बनाउँदै आएका छन् । तिहारमा पालासँगै अरु समय अन्य भाँडा पनि बनाउने उनीहरू बताउँछन् ।

प्लाष्टिकको भाँडाको कारण अन्य माटाका भाँडाको प्रयोगमा कमी हुँदै गए पनि पालामा कुनै समस्या नभएको उनीहरू बताउँछन् । ‘तिहारमा पाला पहिलेदेखि आजसम्म पनि अनिवार्य जस्तै हो । सबैले लक्ष्मी पूजाको लागि झ्याल, दैलो, ढोकामा पालामा तेल हालेर बत्ती बाल्ने गर्दछन्,’ उनले भनिन्, ‘अरु समय सामानको खासै अर्डर नआए पनि तिहारमा पालाको अर्डर आउने गर्दछ ।’

पछिल्लो वर्ष कोरोनाभाइरसका कारण माग धेरै नआएको, तर यसवर्ष सामान्य अवस्था रहेकाले पालाको माग धेरै आएको रत्नसुन्दर प्रजापतीले बताए । उनले विगतको वर्ष धेरै बनाउन सकेमा पनि बिक्री गर्न समस्या हुने भए पनि यसवर्ष मागअनुसार पाला बनाउन नसकेको बताए ।

बजारमा विद्युतीय बत्ती बाल्ने प्रचलन बढे पनि त्यसले पालामा कुनै असर नपरेको प्रजापतीले बताए । उनका अनुसार तिहारमा पाला बेचेरै मनग्य आम्दानी गर्न सकिन्छ ।

तर, स्थानीय सरकारले पाला वा माटाको भाँडाको उचित मूल्य निर्धारण नगरेकोले श्रमको मूल्य उठाउन समस्या रहेको उनले बताए ।  ‘हामीलार्ई १०० पालाको १३० रुपैयाँ आउँछ । तर, त्यो बजारमा पुग्दा दुईदेखि साढे दुई सयमा बिक्री हुन्छ,’ उनले थपे, ‘बजारमा गएर बेच्ने समय पनि हुन्न । त्यसैले मारमा हामी पर्छौँ ।’
पछिल्लो समय पालालगायत माटोको भाँडा बनाउन माटोको अभाव भएकाले पेसा नै संकटमा परेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

म्याग्दीमा चालु आर्थिक वर्षमा संघीय बजेट ९३ र प्रदेशको बजेट ७५ प्रतिशत खर्च

ताजा समाचार

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

ट्रेन्डिङ

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com