Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विदेश पलायन र बसाइँसराइ रोक्न ताँजेमा होमस्टे

  • ४ वर्ष अगाडि

लमजुङ १८ कात्तिक । पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका-६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ ।

५५ घरधुरी रहेको ताँजेमा युवाहरूकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् ।

प्रकृतिको बरदान पाएको ताँजे गाउँबाट बसाइसराइ र युवा पलायनको क्रम बढेपछि स्थानीय होमस्टेको अभियानमा जुटेका हुन् । सुरुमा गाउँको तीन घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा स्थानीय आमा समूहले युवालाई साथ दिएको ताँजे होमस्टे व्यवस्थापनका अध्यक्ष एवं होमस्टेका अभियन्ता टकलाल घले बताउँछन् ।

अध्यक्ष घलेले भने, ‘युवा पलायनका कारण हिजोआज ग्रामीण बस्ती बिस्तारै युवाविहीन बन्ने क्रम बढ्दो छ । यसलाई रोक्न गाउँमै स्वरोजगार बन्न होमस्टे सञ्चालन गरिएको हो । ताँजे गाउँमा घले, गुरुङ, तामाङ र दलित बस्ती रहेको छ ।’ गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेपछि ५४ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत आयोजनाले युवाको अभियानमा साथ दिएको छ ।

होमस्टेमा मार्सी चामल र दुर्लभ कालोभट्टमासको स्वाद

हिमचुली हिमालको काखमा रहेको मनोरम पर्यटकीय गाउँ ताँजेमा उत्पादन हुने अर्गानिक खानेकुराले यहाँसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित पार्ने गरेको छ । गाउँमै बसेर जलविद्युत आयोजनामा रोजगारी पाउने र होमस्टे सञ्चालन गर्न पाउने भएपछि गाउँ फर्कने युवाहरूको क्रम पनि बढ्दो रहेको स्थानीय मेखमायाँ घले बताउँछिन् ।

स्थानीयले गाउँमा उत्पादन हुने दुर्लभ कालो भट्टमास, गाउँमै उत्पादित तरकारी, लोकल कुखुरा, लोकल मार्सी चामलको भात र कोदोको परिकारले होमस्टेमा आउने पर्यटकलाई स्वागत गर्ने होमस्टे सञ्चालक घले बताउँछिन् ।

युवालाई गाउँ फर्काउने अभियानमा गाउँपालिका

आन्तरिक तथा बाह्य पर्यटकका अलावा आफ्नै गाउँ छोडेर सहर वा विदेश भासिएकाहरूलाई पनि गाउँ फर्काउने अभियानमा दोर्दी गाउँपालिका लागेको छ । गाउँपालिकाले होमस्टेका साथै युवा लक्षित कार्यक्रम सञ्चालन गरेपछि स्थानीय युवाहरू हौसिन थालेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ बताउँछन् ।

उनका अनुसार जिप वा बसमा सदरमुकाम बेसीसरहबाट उदिपुर, नौथर, हिले, कीर्तिपुर, सिमी हुँदै दुई घण्टामा गाउँमा पुगिन्छ । गाउँ हुँदै हिमचुली हिमाल, मेमेपोखरी, गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

म्याग्दीमा चालु आर्थिक वर्षमा संघीय बजेट ९३ र प्रदेशको बजेट ७५ प्रतिशत खर्च

ताजा समाचार

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

ट्रेन्डिङ

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com