Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सर्लाहीमा फोनमा कुरा गर्न तीन किलोमिटर यात्रा

  • एसवी थापा
  • ५ वर्ष अगाडि

सर्लाही, १ फागुन । सञ्चार र सूचनाको क्षेत्रमा ठूलो फड्को मारेको नेपालमै फोनमा कुरा गर्न तीन किलोमिटरको यात्रा गर्नुपर्ने अवस्था छ । प्रविधिको युग भनिएको छ । नेपालमै फोरजी सेवा सुरु भइसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशका कुनाकुनामा दूरसञ्चारसहित फोरजी सेवा पु¥याइरहेको भए पनि सर्लाहीका विष्णु गाउँपालिकाका स्थानीयले भने सुलभ रुपमा दूरसञ्चार सेवासमेत लिन पाएका छैनन् ।

केही समयअघि सञ्चार मन्त्रालयले फाइभजी सेवा परीक्षण तत्काल गर्न टेलिकमलाई निर्देशन दिएकोे खबर सुनेका विष्णु गाउँपालिकावासी अहिले पनि फोन गर्न तीन किलोमिटरको यात्रा पूरा गर्नुपर्ने अवस्था छ ।

विष्णु गाउँपालिकास्थित सिमरा फेनहरावासी आफन्तसँग फोन गर्न तीन किलोमिटरको यात्रा पूरा गर्नुपर्ने बाध्यता छ । नेपाल–भारत सिमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको अधिकांश गाउँमा कुनै पनि फोन कम्पनीको नेटवर्क आउँदैन ।

कसैसँग फोन सम्पर्क गर्नुपरेमा नेटवर्क आउने स्थान खोज्न मोटरसाइकलमा निस्कनुपर्ने विष्णु गाउँपालिका-५, फोनहराका रंजित रायले बताए ।
‘मोबाइल फोन सेवा बिजोक छ । हामीले धेरैलाई भनिसक्याैँ, आजसम्म केही भएन,’ उन्ले भने, ‘केही घटना भयो वा कसैलार्ई फोन गर्नुपरे मोटरसाइकल स्टार्ट गरेर तीन किलोमिटर टाडा जानुपर्छ ।’ कुनै पनि दूरसञ्चार कम्पनीकको सिमले काम नगर्ने उनले बताए ।

शनिवार बिहानै आफन्तसँग फोनमा कुरा गर्नुपर्ने भएपछि नेटवर्क खोज्न मोटरसाइकलमा तीन किलोमिटरको यात्रा तय गरेको स्थानीय वीरेन्द्र साहले बताए । फोन सेवा राम्रोे नहुँदा आफ्नो गाउँपालिका जिल्लासगँको सम्पर्क बाहिर रहेको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए ।

‘फोनमा राम्रो कुरा हँुदैन । इन्टरनेटको पहुँच छैन,’ उनले भने, ‘फोन सेवा नहुँदा त दिउँसै अन्धकारमा बसेको जस्तो हुन्छ । के गर्नु, आफुले केही गर्न सकिँदैन । टेलिकमदेखि मन्त्रीसम्म गुहारी सकेँ, कुनै उपाय लागेन ।’ यसले गाउँपालिकाकोे सेवा प्रवाह र जनतासगँको सम्पर्कमा रहनसमेत समस्या भइरहेको अध्यक्ष यादवले बताए ।

फोनको टावर टाडा भएको कारण नेवटर्कको समस्या भएको प्राविधिकहरूको भनाइ छ । गाउँपालिकाकाले पालिकाका कार्यलयको छतमै ल्याएर टावर राखिदिन आग्रह गर्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

विश्वभर फेसबुकमा देखियो समस्या

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com