Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

८ मार्च : कथित बोक्सी आरोपी जगमती भन्छिन्- न्याय माग्न कहाँ जाउँ ?

  • लक्ष्मण पौडेल
  • ४ वर्ष अगाडि

बुटवल, २४ फागुन । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ कि ६२ वर्षीया जगमती पासीलाई साढे तीन महिनाअघिको घटनाले अहिले पनि झस्काइरहन्छ । आफ्नै आँगनमा तरकारी बनाउँदै गरेकी जगमतीलाई एक्कासि छिमेकी परिवार आएर बोक्सीको आरोप लगाउँदै गाली गर्न थाले । गत ७ मंसिर छिमेकीले उनीमाथि लगाएको बोक्सीको आरोप अहिले पनि जगमतिको मनमा गढेको छ । आफ्नै छिमेकी रामजनम यादवको परिवारले आफ्नो दुई वर्षे छोराले खाना खान छोडेका भन्दै जगमतीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरे । तर, उनी आफू झनै कुटपिटमा परिने डरले कुनै प्रतिवाद गरिनन् ।

‘मैले प्रतिवाद गरेको भए ममाथि परिवारै मिलेर कुटपिट गर्थे, त्यसले मैले कुनै किसिमको प्रतिवाद गरिन,’ उनी भन्छिन् । बरु उनले एकोहोरो बोक्सी भनेर गाली गरेको सुन्नुभन्दा घरभित्र पसिन् ढोकाको चुकुल लगाइन् । त्यसपछि छिमेकीले जगमतिको आँगनमा तील, मास, चामल छर्कनुको साथै कालो लुगा राखेर गए ।

उनी त्यसदिन निकै डराइन्, छिमेकी गुहार्न पनि सकिनन् । तर, भोलिपल्ट आफूमाथिको आरोप लगाउनेलाई त्यसै छोड्नु हुँदैन भनेर छरछिमेक गुहार्न पुगिन् । जगमतीले न्याय समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष प्रियका सिंहसँग आफूमाथि बोक्सीको आरोपमा भएको दुर्व्यवहार सुनाइन् । उनले भनेको कुरा उपाध्यक्ष सिंहका पति पवन सिंह र ससुरा राजकुमार सिंहले समेत सुने ।

पीडितका कुरा सुने पनि उनीहरूले पीडकलाई कारबाही गर्नुको साटो जगमतीलाई नै गाउँ समाजमा मिलेर बस्न सल्लाह दिए । तर, जगमतीको चित्त बुझेन । जगमती अर्को दिन गाउँपालिकाको कार्यालयमै पुगिन् । उजुरी दिन गएकी जगमतीलाई सानो कुरामा चित्त नदुखाउ भनेर फिर्ता पठाइयो ।

गाउँपालिका उपाध्यक्ष प्रियंका सिंहले गाउँघरमा यस्ता सानातिना घटना भइरहने बताएकाे सुनाउँदै जगमतीले उपाध्यक्षकाे स्मरण गर्दै भनिन् , ‘यो सामान्य झगडा हो, यस्ता घटना गाउँघरतिर भई नै रहन्छन्, सानातिना घटनालाई लिएर कारबाही गर्ने कुरा भएन ।’

पीडकमाथि कानुनी कारबाही नभएपछि छिमेकीले जगमतीलाई बोक्सीको आरोप लगाउन छाडेका छैनन् । ‘अझै पनि मलाई बोक्सीको आरोप लगाउने गरिएको छ, गाउँ टोलमा कोही बिरामी परे पनि मलाई नै दोष लगाउने गरिन्छ, न्याय माग्न म कहाँ जाने ?,’ जगमती भन्छिन् ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा प्रायः महिलाहरुलाई बोक्सीको आरोपमा कुटपिट गर्ने, दुर्व्यवहार गर्ने प्रवृत्ति अहिले पनि ब्याप्त छ । गाउँपालिकामा उजुरी गर्न जाँदा पनि कारबाही नभएका धेरै घटना छन् । दक्षिणी क्षेत्रमा पर्ने रूपन्देहीकै कोटहीमाई गाउँपालिकामा यस वर्ष बोक्सी आरोपमा दुर्व्यवहार भएका तीनवटा उजुरी आए । तर, गाउँपालिकाले ती उजुरीलाई गाली बेइज्जती शीर्षकमा दर्ता गरी मेलमिलाप गरेर पठाएको छ । गाउँपालिकाकी उपाध्यक्ष भानुमती बानियाँले बोक्सीको आरोपमा उजुरी लिएर आउने क्रम दिनहुँ भइरहने भन्दै आफूहरूले सम्झाएर पठाउने गरेको बताइन् ।

स्थानीय तहलाई बोक्सी कसुरमा मुद्दा हेर्ने अधिकार कानुनले दिएको छैन । तर, स्थानीय तहले यसका लागि प्रहरीकहाँ जान सहजीकरण गर्नुपर्नेमा उल्टै मेलमिलाप गरेर पठाउने गरेका छन् । जसले गर्दा यो क्रम हटेको छैन । बोक्सीको आरोप लगाउनु वा त्यस आरोपमा यातना दिनु फौजदारी कसूर मानिन्छ । बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ अनुसार पीडितले सुरूमा प्रहरी कार्यालयमा उजुरी गर्न सक्छन् ।

बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ मा बोक्सी आरोपमा कसूर गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरेर आठ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पदमा रहेको व्यक्तिले कसूर गरेमा पच्चीस प्रतिशतभन्दा बढी सजाय हुने व्यवस्था समेत ऐनमा छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com