Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

८ मार्च : नारी दिवसकै दिन पाएको दर्दनाक पीडा भुल्दैछिन् राधा चौधरी

  • मोहन जोशी
  • ४ वर्ष अगाडि

धनगढी, २४ फागुन । तीन वर्ष बोक्सी भन्दै स्थानीयबाट कुटपिटमा परेकी राधा चौधरी विस्तारै पीडा भुल्दैछिन् । घरायसी काममा व्यस्त हुने राधाको घाउमा समाजले मल्हम लगाइरहेको छ । ‘समाजमा जाँदा गलत व्यवहार भएको मैले पाएको छैन,’ राधा भन्छिन्, सबैले माया गरेका छन्, आवश्यक परेको सहयोग सबैले गरिरहेका छन्, जसले मलाई विगतको पीडा बिसर्न मद्दत गरेको छ ।’

कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियामा बस्दै आएकी राधा चौधरीमाथि २४ फागुन २०७५ (नारी दिवसकै) दिन बोक्सीको आरोपमा स्थानीय भोले बाबा भनिने रामबहादुर चौधरी लगायतका व्यक्तिले निर्घात कुटपिट गरेका थिए ।

‘बोक्सीको आरोप लगाउँदै निर्धात कुटपिट गरेपछि एक डेढ वर्षसम्म समाजमा घुलमिल हुन धेरै समस्या भयो,’ राधाले भनिन्, ‘अहिले पहिलाको भन्दा धेरै सजिलो भएको छ, सबैले चिन्छन् र राम्रो व्यवहार पनि पाएकी छु ।’ अहिले राधाको मगनी भइसकेको छ । आउँदो वर्ष बिहे हुने पक्का भएको छ । मगनीपछि राधा आफ्ना पीडालाई बिर्सदैँ नयाँ जीवनको सपनामा रमाउन थालेकी छन् ।

तर, कुरा काट्ने सामाजिक परिपार्टीका कारण भने अहिले पनि राधालाई केही असहज भइरहेको छ । ‘मेरो अगाडि कसैले केही कुरा गर्दैनन्,’ उनले भनिन्, ‘तर, समाजमा अझै पनि मेराबारेमा धेरै नकारात्मक कुरा भइरहेका पाइन्छन्, त्यसले मलाई अझै पनि झस्काइरहन्छ, फेरि सबै मिलेर दुर्व्यवहार गर्ने पो हुन् कि भन्ने पिर परिरहन्छ ।’

बोक्सीको आरोपमा कुटपिटमा परेपछि राधालाई सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्ने आश्वासन दिए पनि त्यो सहयोग उनले अझै पाएकी छैनन् । घोडाघोडी नगरपालिकाले रोज्गारी दिने आश्वासन दिए पनि अहिले फर्केरसमेत नहेरेको उनको गुनासो छ । ‘घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले नै मलाई रोजगारी दिने आश्वासन दिनु भएको थियो,’ पीडित राधाले भनिन्, ‘मैले उहाँलाई तीन/चार पटक भेटेरै सम्झाएँ । तर, मेयरसावले केही प्रतिक्रिया दिनुभएन, पछिल्लो समय भेट नै भएको छैन ।’

बोक्सीको आरोप लगाइएपछि राधालाई पढाइमा सहयोग गर्ने र रोजगारीका अवसरमा जोड्ने घोडाघोडी नगरपालिकाले प्रतिबद्धता गरेको थियो । यस विषयमा घोडाघोडी नगरपालिकाकी उप मेयर प्रेमाकुमारी थापाले केही जानकारी नै नभएको प्रतिक्रिया दिइन् । बोक्सीको आरोप खेपेकी राधालाई पढ्ने वातावरण बनाउने र स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने विषयमा नगरसभामा केही निर्णय पनि भएका थिए,’ उप मेयर थापाले भनिन्, ‘तर ती निर्णय कार्यान्वयन भए, नभएको बारेमा मलाई जानकारी भएन ।’

उसो त राधाले पीडक पक्षले दिने भनेको क्षतिपूर्तिवापतको सहयोग समेत पाएकी छैनन् । पीडक पक्षले दिने गरी अदालतले नै क्षतिपूर्ति तोकेको भए पनि सो रकम नपाएको राधाले बताइन् । पीडक पक्षले क्षतिपूर्ति नदिएपछि मानवअधिकार आयोगमा पनि गएको बताउँदै राधाले भनिन्, ‘मानवअधिकार आयोगको कार्यालयले पनि पत्र काटेर दिएको थियो । तर, त्यसको पनि बेवास्ता गरिएको छ ।’ क्षतिपूर्तिवापतको रकम कसले दिने हो ? भन्ने विषयमा समेत आफुलाई जानकारी नभएको राधाले बताइन् ।

बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा दोषि ठहर गर्दै भोलेवावा भनिने रामबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला सुनाएको थियो । तत्कालीन जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबासँगै कुटपिटमा सघाउने सहयोगी किस्मती चौधरीलाई पनि दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने गरी फैसला सुनाएको थियो । भोलेबाबालाई सहयोग रहेको भन्दै पक्राउ परेका घोडाघोडी नगरपालिका-५ कै स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाइ दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com