Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

‘द कश्मीर फाइल्स’ सफलताको पाँच कारण

  • एजेन्सी
  • २ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

काठमाडौं, ११ चैत । निर्देशक विवेक अग्नीहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ले दुई सय करोड कमाईको आँकडा पार गरेको छ । यो फिल्मले १३ दिनमै यति धेरै व्यापार गर्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । न त फिल्म निर्माता, कलाकार तथा दर्शकलाई नै थियो ।

पहिलो दिन बक्सअफिसमा ३ दशमलब ५ करोड कमाउने फिल्मले सय करोड पूरा गर्छ भन्ने कल्पना कसैको पनि थिएन । तर फिल्मले त्यो देखाएरै छोड्यो । १५ करोड बजेटमा बनेको यो फिल्मले ठूला-ठूला फिल्मलाई बक्सअफिसमा पानी पिउन बाध्य बनाइदियो । यो फिल्मको सुरुवाती समयदेखि अहिलेसम्मको यात्रालाई हेर्ने हो भने पाँच कारणले बक्सअफिसमा सफल भयो भन्ने मान्न सकिन्छ ।

वास्तविक घटनामा आधारित : ‘द कश्मीर फाइल्स’ हेरेका घाटीबाट ज्यान जोगाउन भागेर आएका कश्मीरी हिन्दु पुराना दिन सम्झेर भावुक भइरहेका छन् । उनीहरुका सन्तानहरु जो १९९० को दशकपछि जन्मिए, उनीहरुले अग्रजबाट त्यसको कथा सुनेका थिए । अहिले उनीहरु नै फिल्म हेरेर त्यहाँको पीडाबोधको अनुभव गरिरहेका छन् । सामाजिक सञ्जालमा कश्मीरका हिन्दुहरु आफूमाथि भएको अत्याचारको बेलीविस्तार लगाइरहेका छन् । कश्मीरको प्रतिनिधित्व नगर्ने व्यक्तिहरु पनि ९० को दशकमा कश्मीरमा के भएको थियो, जसकारण करिब ५ लाख मानिसले आफ्नो घर छोडेर भागेका थिए भन्ने कुरा जान्नलाई फिल्म हेरिरहेका छन् ।

विवादको सहारा : यो फिल्म रिलिज हुनुअघि नै एक फ्यानले प्रश्न गरेपछि निर्देशक विवेक अग्नीहोत्रीले यसबारे विवाद सुरु गरेका थिए । जसकारण उनलाई ‘द कपिल शर्मा’ शोमा प्रमोसनका लागि बोलाइएन । उनले आफूलाई फिल्म प्रमोसनका लागि २५ रुपैंयाँ मागेको उल्लेख गरेपछि राष्ट्रियताको नाममा कपिल शर्मालाई सामाजिक सञ्जालमा ट्रोल बनाउन थालियो । मानिसहरुमा रिसको पारो बढ्यो र ट्विटरमा ‘बायकट द कपिल शर्मा शो’ ट्रेन्ड हुन थाल्यो । मानिसहरुले फिल्मको प्रमोसन आफैं गर्ने निर्णय लिए ।

राजनीतिक समर्थन : ‘द कश्मीर फाइल्स’ निकै शान्त तरिकाले रिलिज भयो । फिल्मको समीक्षा पनि सन्तुलित थियो । यसपछि मानव भावनामा आवेग आयो र यसले आफ्नो चपेटामा राजनीतिक हस्तीलाई पनि पार्यो । सबैभन्दा पहिला हरियाणाको खट्टर सरकारले यसलाई ट्याक्स फ्रि गरिदियो । त्यसपछि धेरै राज्य सरकारले ट्याक्स फ्रि गरिदियो ।

वर्ड अफ माउथ पब्लिसिटी : यो फिल्मको प्रमोसन कुनै ठूलो मञ्चमा गरिएन । तर पनि यो फिल्म हेर्नका लागि थिएटरमा दर्शकको भीड बढिरहेको छ । यसको कारण यो हो कि फिल्म हेरेका दर्शकहरुले परिवार तथा साथीभाईलाई फिल्म हेर्न प्रोत्साहित गरिरहेका छन् । सामाजिक सञ्जाल यो फिल्म हेरेर भावुक भएका दर्शकको भिडियोले भरिएको छ । जसको परिणामा कोरोना महामारीमा फिल्म हलबाट टाढिएका दर्शकहरु अहिले परिवार लिएर यो फिल्म हेर्न गइरहेका छन् ।

सेलिब्रेटीको समर्थन : अभिनेत्री कंगना रनावत हरेक दिन ‘द कश्मीर फाइल्स’ को समर्थनमा इन्स्टाग्राम स्टोरीमा केही न केही शयर गरिरहन्छिन् । अभिनेता आमिर खानले पनि दर्शकलाई यो फिल्म अनिवार्य हेर्न आग्रह गरेका छन् । फिल्मप्रति नकारात्मक धारणा बनाउनेहरु प्रति दर्शकहरु आक्रोशित छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पल प्रकण : नबालिगले बयान फेरे पनि प्रमाण आधार हुने

‘द कश्मीर फाइल्स’ सफलताको पाँच कारण

विक्की र कटरिनाले गरे विवाह दर्ता

डेढ महिनामा सकियो ‘ह्यारी कि प्यारी’

पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दर्ता, १२ देखि १४ वर्ष कैद सजाय माग

नारायणी नदी किनारमा प्लास्टिकजन्य फोहोरमैला टिप्दै राजेश हमाल

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki