Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

खर्च गर्न नसकेको कान्जी हाउसको बजेट बढाएर एक करोड, सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड

  • मोहम्मद हबिब
  • २ महिना अगाडि

भैरहवा, १० असार । सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार बराबरको बजेट ल्याएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था बमोजिम यो बजेट आएको हो । पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासको क्षेत्र जोड दिई रोजगारी सृजना र आयआर्जन वृद्धिमा योगदान पुर्‍याउने कार्यक्रम सञ्चालन गर्ने, नगरको सौन्दर्यीकरण, सरसफाइ, वातावरणीय संरक्षण तथा पर्यावरणीय प्रवर्द्धन कार्यमा जोड दिने, संस्थागत विकास र सुशासन प्रवर्द्धनमा जोड दिई नागरिक मैत्री सेवा प्रवाह गर्नेलाई प्राथमिकतामा लिएको छ । प्राथमिकतालाई कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र दातृ निकायहरू, निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्ने नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

नगर उपप्रमुख अधिकारीले संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरी उक्त बराबरको बजेट ल्याएकी हुन ।

अधिकारीले बजेट तथा कार्यक्रमका मुख्य उद्देश्यहरू मानव विकासलाई केन्द्रमा राखी नगरको दैनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, वातावरण संरक्षण र पूर्वाधार दिगोपना हुने गरी निर्माण गर्ने, विकासका संवाहकको समुचित परिचालनद्वारा आर्थिक विकास, सन्तुलित र समावेशी विकासमा टेवा पुर्‍याउने रहेको बताइन् । नगरपालिकाले बहुवर्षीय तथा क्रमागतमा रहेका योजनाहरूलाई सम्पन्न गर्ने र दिगो एवं वातावरणमैत्री हुने गरी आधारभूत सहरी पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिने बताएको छ ।

तत्कालीन मेयर हरि प्रसाद अधिकारीले आर्थिक वर्ष २०७८–७९को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार विनियोजन गरेका थिए । एक वर्षमा समस्या समाधान हुने दाबीका साथ नगरपालिकाले लाखौँ रुपैयाँ लगानी गर्ने योजना बनाए पनि आर्थिक वर्ष सकिन लाग्दा कान्जी हाउस कहाँ बनाउने बारे टुङ्गो नै लागेपछि सो रकम खर्च भएको छैन, सोही शीर्षकमा अहिले १ करोड बजेट विनियोजन भएको छ ।

नगरपालिकाले ज्येष्ठ नागरिक आश्रय/मिलन केन्द्र स्थापना गर्न १० लाख र सडक मानवमुक्त नगर बनाउन ३ लाख बजेट विनियोजन गरिएको छ । यस्तै छाडा चौपाया व्यवस्थापन गर्न कान्जी हाउस निर्माणका लागि १ करोड विनियोजन गरिएको छ ।

बोटानिकल गार्डेनको डिपिआर निर्माणको लागि २० लाख र निर्माणाधीन नगर पालिकाको लागि ५ करोड ८० लाख विनियोजन गरिएको छ । यसैगरि नगर पालिकाले पशुपन्छी विकासतर्फ गाई भैसीको स्वच्छ दूध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरिद तथा ढुवानी, घाँसको बिउँ वितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दाना वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम र कुकुर बन्ध्याकरणका लागि एकमुष्ट ४६ लाख ७५ हजार विनियोजन गरेको छ ।

नगर प्रमुख इश्तियाक अहमद खाले नगरपालिकाले विकास निर्माण काममा साना टुक्रे योजनालाई निरुत्साहित गरी ठूला र देखिने खालका योजना सञ्चालन गर्ने नीति लिएको जनाए । नगरलाई क्लिन सिटी, ग्रिन सिटी र वातावरण मैत्रीको रूपमा विकास गरिनेछ। सिद्धार्थनगरलाई सधैँ हराभरा तथा वातावरणीय सन्तुलन राख्न नगर क्षेत्र भित्र रहेका सार्वजनिक स्थलहरूमा वृक्षारोपण कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने जनाएका छन् । नगरपालिकाले आजै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मेयर सामूहिक विवाह कार्यक्रम गरी फजुल खर्च नियन्त्रण गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

खर्च गर्न नसकेको कान्जी हाउसको बजेट बढाएर एक करोड, सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्यो

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

आज बजेट ल्याउदै ७५३ स्थानीय तह

विदेशी मुद्राको आजको विनिमय दर

अप्पर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्दै

ताजा समाचार

बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो
बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : [email protected]
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki